काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवालले नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाललाई भेट गरेका छन् ।
बिहिबार प्रधानमन्त्री देउवा खनाललाई भेट गर्न डल्लु पुगेका हुन् । भेटमा प्रधानमन्त्री देउवाले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
आफुले खनाललाई भेट गरेको बारे देउवाले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले लेखेका छन् – ‘पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालजीको निवास पुगेर उहाँको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिए । उहाँको स्वास्थ्यमा निकै सुधार भएको रहेछ । झलनाथजीको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु ।’
भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएर केही दिनअघि स्वदेश फर्किएका खनाललाई भेट गर्न यसअघि नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि पुगेका थिए । खनाल अहिले आफ्नै निवासमा आराम गरिरहेका छन् ।
