• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

गर्भावस्थाको पहिलो तीन महिना किन विशेष र जरूरी समय हो?


  •   शुक्रबार, भदौ १८, २०७८ मा प्रकाशित
  • गर्भावस्थाका चरणहरूसम्बन्धी हाम्रो श्रृंखलाको दोस्रो अध्यायमा आज हामी पहिलो त्रैमासिकको बारे चर्चा गर्नेछौं। विश्व स्वास्थ्य संगठनद्वारा जारी मापदण्डअनुसार आमा (गर्भिणी) र बच्चा (भ्रूण) को सुस्वास्थ्य र सन्तोषजनक विकासका लागि गर्भावस्थामा कम्तीमा ४ (चार) पटक स्वास्थ्य-संस्थामा चिकित्सकसंग भेट गरी आवश्यक चेक-जांच गराउनै पर्दछ।

    Advertisement

    पहिलो भेट: गर्भ रहेको थाहा पाउनासाथ

    दोस्रो भेट: गर्भको पांचौंदेखि सातौं महिनामा

    तेस्रो भेट: गर्भको आठौं महिना सकिएपछि

    चौथो भेट: अन्तिम महिना वा डेलिभरी हुने भनिएको हप्तामा।

    यी चारै भेटका आ-आफ्नै आवश्यकता र अपरिहार्यता छन्।

    महिनावारी रोकिएको अवस्थामा औषधि पसलमा सजिलै पाइने मूत्रपरीक्षण किटबाट गर्भ रहेको थाहा पाइसकेपछि पहिलो भेट स्वरूप चिकित्सककँहा जानु पर्दछ। त्यो भन्दा अगाडि दम्पतिले एक-आपसमा सर-सल्लाह गरी परिवारका अन्य सदस्यलाई जानकारी गराई आफ्ना मनमा रहेका जिज्ञासाहरुका साथ तयार भएर आउँदा बढि लाभान्वित हुन सकिन्छ। यो भेट चिकित्सक र दम्पतिबीचको सम्बन्ध स्थापित गर्ने उपयुक्त समय पनि हो।

    विगत एक दशकको मेरो अनुभवमा धेरै दम्पति म कहाँ पहिलो त्रैमासिकपछि आउने गरेको पाएको छु जुन असाध्यै गलत प्रवृत्ति हो। पहिलो तीन महिना गर्भमा विकास भइरहेको भ्रूणकालागि एकदमै महत्वपूर्ण समय हो।

    गर्भावस्थाको पहिलो तीन महिना (त्रैमासिक) किन विशेष र जरूरी समय हो?
    पहिलो त्रैमासिक यस्तो समयावधि हो जसमा गर्भावस्थाका सबैजसो लक्षण र समस्याहरू देखा पर्दछन्। यो बेला गर्भ रहेको थाहा पाएसंगै के गर्ने के नगर्ने, कस्तो खानेकुरा खाने कस्तो नखाने, शारीरिक व्यायाम र सम्भोग गर्ने-नगर्ने, कुन परीक्षण गराउने, कस्तो रोग वा स्वास्थ्य अवस्था भएकालाई भविष्यमा गर्भावस्थाका दौरान कुन समस्या आइपर्न सक्छ त्यसको पूर्वानुमान गरी समयमै निदान गर्न सकिने, भिडियो एक्स-रेको अपरिहार्यता र आवश्यकता साथै दोस्रो र तेस्रो त्रैमासिकका लागि तयारी गर्ने समय हो।

    ‘बिहानीले आउने दिनको झल्को दिन्छ’ भनिएझैं गर्भावस्थाको शुरूवाती समयले भावी नियतिको संकेत गर्नसक्छ। पहिलो त्रैमासिकभित्र पनि गर्भाधानपछिको ८ (आठ) हप्ता अत्यन्तै महत्वपूर्ण अवधि हो। यो समयमा भ्रूणको शारीरिक अंग र विभिन्न प्रणालीहरूको विकास धमाधम हुन थाल्छ। यस्तो बेला बिना चिकित्सकीय परामर्श जथाभावी औषधि, चुरोट, मदिरा, लागूपदार्थ वा विकीरणीय उर्जा जस्तै एक्स-रेको प्रयोगले न केवल भ्रूणको विकासमा असर गर्न सक्छ, जन्मजात शारीरिक विकृति हुँदै भ्रूण क्षयसम्म गराउन सक्छ। पछिल्लो लेखमा मैले फोलिक एसिडको बारेमा चर्चा गरेकी थिएँ जुन स्नायू विकासका लागि एकदमै जरूरी छ।

    अधिकांश महिलाहरूले यो बेला खान मन नलाग्ने, वाकवाकी वा वान्ता आउने, गन्ध परिवर्तन, मिजास बदलिने, हल्का पेट दुख्ने, स्तनमा पीडा हुनेजस्ता समस्याहरू महसुस गर्दछन् जुन सामान्यत: केही समयपछि आफैं हराएर जाने हुंदा धेरै आत्तिनु पर्ने हुंदैन। तथापि अत्यधिक वान्ता भई शारीरिक कमजोरी आउने वा योनीबाट रक्तस्राव भएमा शीघ्र चिकित्सकलाई सम्पर्क गरिहाल्नुपर्छ। कतिपय अवस्थामा समयमै सम्पर्कमा आउंदा धेरै गर्भ खेर जानबाट जोगिएका अनुभव बटुलेको छु।

    पहिलो त्रैमासिकमा केही रक्त परीक्षणहरू गर्नैपर्ने हुन्छन् जस्तै ब्लड ग्रूप, ब्लड सुगर, हेमोग्लोबिन, थाईराईड, एचआइभी, हेपटाइटिस बी र सी। यो बेला आमालाई लागेको रोगहरू सालबाट बच्चामा सर्न सक्ने प्रबल सम्भावना रहने हुँदा बेलैमा पत्ता लगाई उपचार गर्न सकिन्छ। भिडियो एक्स-रेले भ्रूणको विकासलाई नजिकबाट नियाल्न मद्दत गर्दछ। धेरैले यसले बच्चालाई असर गर्छ भनेर सोच्छन् तर म पूर्ण वैज्ञानिक दृष्टिकोणबाट भन्न चाहन्छु यसले बच्चालाई कुनै हानि गर्दैन किनकि यसमा एक्स-रे वा सिटी स्क्यानजस्तो विकिरण हुँदैन। भिडियो एक्स-रेले गर्भमा रहेको भ्रूणको अवस्थिति, संख्या, आकार, कुनै जन्मजात विकृति तथा अवस्थाको बारेमा यकिनका साथ महत्वपूर्ण जानकारी दिन्छ। यसको मदतले ectopic pregnancy जस्तो प्राणघातक अवस्थाको जसमा भ्रूण पाठेघरबाहिर हुर्कंदै गर्दा फुटेर अत्यधिक रक्तस्राव भई ज्यानै जान सक्छ, पत्ता लाउन सकिन्छ। त्यस्तै molar pregnancy को जसमा भ्रूणको सट्टा अंगुरको झुप्पोजस्तो थैली बनेर लगातार गर्भ तुहिंदै क्यान्सर हुन सक्छ, पत्ता लाग्न सक्छ। परीक्षणको क्रममा कुनै भ्रूणविकृति देखा परेमा सुरक्षित गर्भपतन गर्न सकिन्छ।

    खानपिनको सम्बन्धमा भन्नुपर्दा थोरै-थोरै तर पटक-पटक खाइराख्नाले वान्ता हुने वा ग्याष्ट्रिकको समस्याबाट जोगिन सकिन्छ। आफूभित्र अर्को जीवन बनिरहेको हुँदा प्रोटिनयुक्त खुराक धेरै लिन जरूरी छ र पनि कार्बोहाइड्रेट, बोसो, भिटामीन र खनिजको सही सन्तुलन भएको भोजन लिनु पर्छ। गेडगुडी, फलफूल (मेवा र भुइंकटहर बाहेक), रेशादार सलाद, चलनअनुसार माछामासु, अण्डा दैनिक सेवन गरिनु पर्छ।

    गर्भावस्थामा पानीको कमी हुन नदिन प्रशस्त पानी पिउनु पर्छ। शरीरलाई पर्याप्त निद्रा र तनावमुक्त राख्नाले आमा र गर्भको बच्चा दुवैमा सकारात्मक विकास हुन्छ। आराम गर्दा आफ्नो देब्रेपट्टि कोल्टे परेर सुत्दा पाठेघरमा रक्तसंचार राम्रो हुन्छ। यसबेला हलुका व्यायाम गर्न सकिए पनि सम्भोग र यात्रा सकेसम्म नगर्न सल्लाह दिइन्छ। दाँतको उचित हेरचाह अनि संक्रमणबाट बच्नुपर्छ। कुनै पनि अवस्थामा औषधि सेवन गर्नु परे चिकित्सकसँग नबुझी कदापि लिनु हुन्न नत्र जन्मजात विकृति, भ्रूण क्षय, रक्तस्रावजस्ता समस्या आउन सक्छन्।

    सम-सामयिक भेटले सम्बन्ध विस्तारसँगै मनमा रहेका तमाम जिज्ञासाहरूको वैज्ञानिक समाधान गरी गर्भिणीको मनका डर-तनाव हटाई मातृत्वको अभूतपूर्व अनुभवलाई सुमधूर बनाउन सहयोग गर्दछ। यहि बेला उच्च जोखिमपूर्ण गर्भ जस्तै आमाको धेरै कलिलो वा पाको उमेर, धेरै मोटो वा दुब्लो वजन, उच्च रक्तचाप, मधुमेह, अटोइम्युन (स्वत: प्रतिरक्षाजन्य) रोगहरू, जुम्ल्याहा वा तिम्ल्याहा गर्भ पनि पत्ता लाग्छन् जसलाई अरू नर्मलभन्दा धेरै पटक चेकजाँच वा सघन हेरविचार चाहिन्छ।

    ग्रामीण भेगका महिलाहरू जसले सजिलै सहरका डाक्टरको सेवा-परामर्श लिन सक्दैनन्, उहाँहरूको हकमा म के भन्न चाहन्छु भने गर्भ रहेको थाहा पाउने बित्तिकै आफ्नो नजिकको सरकारी स्वास्थ्य संस्था जस्तै प्राथमिक स्वास्थ्य केन्द्र वा हेल्थ पोष्टमा गएर चेकजाँच गराउन ढिला गर्न हुन्न। आजको परिवेशमा गर्भ तथा सुत्केरी सेवा राज्यले अधिकांश भेगमा सर्वसुलभ रूपमा सबैको पहुंचमा उपलब्ध गराएको छ। यसरी स्वास्थ्य संस्थामा तालिमप्राप्त स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा सुत्केरी गराउन प्रेरित भई थुप्रै समस्या टार्न सकिन्छ।

    गर्भावस्था एउटा नितान्त प्राकृतिक कुरा हो र प्राकृतिक रूपले हुन दिनु पर्दछ त्यसैले कुनै अप्राकृतिक वा अस्वाभाविक मोड आएमा समयमै त्यसलाई व्यवस्थापन गर्न सकेमा यो यात्रालाई सुमधूर र सुरक्षित बनाउन सकिन्छ भन्ने कुरामा दुईमत छैन।

    शुक्रबार, भदौ १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.