भदौ १८ चितवन । नारायणगढ-मुग्लिङ सडकखण्ड अहिले सञ्चालनमा आएको छ । सडक विभागको २ वटा लोडरले पहिरो पन्छाउने कार्य भई १०:१० बजेको समयमा दुवै ठाउँको दुवै तर्फ बाटो सुचारु रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ८:०० बजेको समयमा नारायणगढ मुग्लिङ सडक खण्डको ईच्छाकामना गा.पा.-६ पाँचकिलो र मुग्लिङ काठमाण्डौ सडक खण्डको ईच्छाकामना गा.पा.-५ घोप्टेभिरमा लेदो सहितको पहिरो खसि सडक दुई तर्फि अवरुद्ध भएको थियो ।
