काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्वार्थी तथा भ्रष्ट व्यापारी र नेताहरूको माफिया गठबन्धनले नेपालमा प्रजातन्त्रलाई बन्धक बनाएको बताएका छन् ।
शुक्रबार हेटौंडामा पार्टी सम्बद्ध युबा संगठनद्वारा आयोजित भेलामा बोल्दै अध्यक्ष थापाले सो कुरा बताएका हुन् । गाउँदेखि केन्द्रसम्मको राजनीति यही माफियाले प्रदूषित गरेको बताउदै उनले माफियातन्त्रलाई पराजित नगरेसम्म प्रजातन्त्र जनताको हितको लागि नहुने बताए ।
उनले संवैधानिक अंग कब्जाको नीतिले प्रजातन्त्र कमजोर भएको बताए । इमानदार र विकासप्रेमीभन्दा माफिया, व्यापारी, बिचौलिया राजनीतिमा हाबी भएको पनि उनले बताए । राजनीति भ्रष्टिकरणतर्फ गैरहेको बताउँदै उनले अब युवा पुस्ताले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने बताए ।
युवापुस्ताहरु क्षणिक स्वार्थमा लाग्न नहुने बताउदै अध्यक्ष थापाले युवाहरुको भूमिका समाज परिवर्तनमा महत्वपूर्ण हुने बताए ।
