• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

नेकपा एमालेमा माधव नेपाल छोडेर जानेहरुबाटै विद्रोहको चेतावनी, जेठ २ मा नफर्किए पार्टी धरापमा


  •   शनिबार, भदौ १९, २०७८ मा प्रकाशित
  • काठमाडौँ । नेकपा एमालेमा फेरि दोस्रो पुस्ताको विद्रोह हुने लक्षणहरु एकपछि अर्को गरी देखिन थालेको छ । तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेको दुई साता नबित्दै नेकपा एमालेमा फेरि विद्रोहका बाछिटाहरु देखिएका छन् । १० बुँदे सहमति कार्यान्वयनलाई लिएर अध्यक्ष ओली र तत्कालीन नेपाल समूहका नेताहरुबीच खटपट शुरु भएको हो ।

    Advertisement

    लामो समय नेपाल समूहमा रहेका तर, पार्टी विभाजनमा नलागेका नेताहरुलाई एमालेमै फर्काउन अध्यक्ष ओलीले १० बुँदे सहमति गरेका थिए । उक्त सहमति एमालेको स्थायी समिति र केन्द्रीय समितिले अनुमोदनसमेत गरिसकेको छ । तर, सहमति कार्यान्वयनको प्रारम्भिक चरणमै दुईपक्षबीच असमझदारी देखिन थालेको छ ।

    सहमति कार्यान्वयनमा अध्यक्ष ओली प्रतिबद्ध नदेखिएको भन्दै ‘तेस्रो धार’ भनेर चिनिएको समूहले २२ गतेभित्र ‘बोल्ड डिसिजन’ गर्ने तयारी गरिरहेको एक जना नेताले दाबी गरेका छन् । त्यसो त, विगतमा पनि अध्यक्ष ओलीमाथि आफैंले गरेका सहमति कार्यान्वयन नगरेको आरोप लाग्दै आएको थियो । अहिलेको १० बुँदे सहमति कार्यान्वयनमा पनि ओली उदासीन बनेको आरोप लागेको छ ।

    एमालेमा विवाद चर्किंदै जाँदा माधवकुमार नेपालसमेतको सहमतिमा बनेको कार्यदलले १० बुँदे सहमति जुटाएको थियो । सहमतिको मूल ‘स्पिरिट’ एमालेलाई २०७५ जेठ २ अघिको अवस्थामा फर्काउने भनिएको थियो । तर, जेठ २ का सांगठनिक संरचना ब्युँताउन र ‘तेस्रो धार’ का नेताहरुलाई पूर्ववत जिम्मेवारी दिन ओली अनिच्छुक देखिएपछि लफडा शुरु भएको हो । जेठ २ मा फर्किएको भनिए पनि पुस ५ गते पछि ओली पक्षले गरेको सांगठनिक पुनर्गठन र नेताहरुको जिम्मेवारीलाई नै निरन्तरता दिन थालिएपछि विद्रोहसम्मको आवाज उठ्न थालेको बताइन्छ ।

    उदाहरणका लागि एमाले जेठ २ मा फर्किंदा नेता योगेश भट्टराई स्वतः पार्टीको प्रवक्ता हुनुपर्ने हो, तर फागुन २३ पछि जिम्मेवारी दिइएका प्रदीप ज्ञवालीलाई नै प्रवक्तामा निरन्तरता गराइएको छ । त्यस्तै, प्रदेशका इञ्चार्ज कोको हुन् भन्नेमा पनि लडाइँ सुरु भइसकेको छ ।

    फागुन २३ पछि माओवादीबाट एमालेमा आएका लेखराज भट्टले आफू एमालेको सुदूरपश्चिम प्रदेशको इञ्चार्ज कायम रहेको दाबी गरेका छन् । बैठकले जे निर्णय गरे पनि आफूलाई नै इञ्चार्जमा निरन्तरता दिन ओलीसमेत सहमत भएको भट्टले दाबी गरेका छन् । तर, जेठ २ अनुसार जिम्मेवारी तोकिँदा त्यहाँको इञ्चार्ज भीम रावल हुन् । प्रदेश १ मा पनि त्यस्तै देखिएको छ । ओली पक्षका धेरै नेताले भीम आचार्यलाई इञ्चार्ज अस्वीकार गर्ने बताइसकेका छन् ।

    हिजो मात्रै एमाले निकट पेशागत तथा प्रगतिशील कानुन व्यवसायी संगठन (पीपीएलए) को एकलौटी भेला बोलाइएपछि ‘तेस्रो धार’ थप सशंकित बनेको छ । संगठनका इञ्चार्ज र अध्यक्षलाई खबरै नगरी एकाएक भेला बोलाइएपछि ‘तेस्रो धार’ का नेताहरु छुट्टै छलफलमा जुटेका छन् । पीपीएलएका इञ्चार्ज रघुजी पन्त हुन् भने अध्यक्ष रुद्र नेपाल हुन् । उनीहरु दुवै जना विगतमा माधव नेपाल पक्षमा खुलेर लागेका थिए ।

    इञ्चार्ज पन्त र अध्यक्ष नेपालले हिजोको भेला रोक्न अघिल्लो दिन निर्देशन समेत दिएका थिए । तर, हिजोको भेला रोकिएन, बरु भेलामा पुगेका ओली निकट नेता सुवास नेम्वाङले पार्टी विभाजनको औचित्य नरहेको भन्दै माधव नेपाल र समाजवादीमा गएका नेताहरुको चर्को आलोचना गरेका थिए । अध्यक्ष नेपालले १० बुँदे सहमतिले निर्देश गरेअनुरुप पार्टीका सबै संगठनिक संरचनालाई २०७५ जेठ २ मा फर्काउने र पूर्ववत जिम्मेवारी दिने कुरामा कसैले पनि अलमल गर्नु हुँदैन । यदि त्यस्तो भयो भने पार्टी एकता फेरि पनि धरापमा पर्ने चेतावनी दिएका छन् ।

    उनले जेठ २ मा फर्किने भनेर निर्णय गरिसकेपछि पार्टीका सबै संरचना र नेताहरुको जिम्मेवारी पनि जेठ २ मा नै फर्किने बताएका छन्, तर कार्यान्वयनमा समस्या भइरहेको उनी स्वीकार्छन् ।

    शनिबार, भदौ १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.