• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

युवराजदेखि महाप्रसादसम्मलाई तान्ने तयारी, भीएलएनको नाममा यतिसम्म भएको रहेछ


  •   शनिबार, भदौ १९, २०७८ मा प्रकाशित
  • काठमाडौं । खड्गप्रसाद ओलीका कारिन्दाहरु ठूलो भ्रष्टाचार गरेको अभियोगमा कारवाहीमा पर्नेभएका छन् । उच्चा स्रोतले दिएको जानकारी अनुसार भीएलएन नेपालको नाममा भएको खेलोफड्कोमा संलग्न भएको अभियोगमा ओलीका दाहिने हात भनेर प्रचार गरिएका अमेरिकाका लागि नेपाली राजदूत डा युवराज खतिवडा, ओलीका लागि खचाञ्जीको भूमिकामा रहेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पहिलो चरणमा नै कारवाहीमा पर्ने भएका छन् ।

    Advertisement

    जानकारी अनुसार भीएलएन मलेसियालाई पठाउनुपर्ने झण्डै ६ अर्ब ५० करोड रुपैयाँ भीएलएन हङकङ पठाएर करोडौँ रुपैयाँ घोटाला गरेको काण्डमा अर्थ मन्त्रालयका एक उपसचिवसहितका अधिकारी कारवाहीको दायरामा आउन लागेका हुन् ।

    स्रोतका अनुसार  नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर डा. युवराज खतिवडा तत्कालीन डेपुटी गभर्नर एवं वर्तमान गभर्नर महाप्रसाद अधिकारी हाल धितोपत्र बोर्डको अध्यक्ष रहेका राष्ट्र बैंकको तत्कालीन विदेशी मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगाना, राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका तत्कालीन कार्यकारी निर्देशक भाष्करमणि ज्ञवालीलगायत राष्ट्र बैंकका २७ जना कर्मचारीलाई कारवाही हुन लागेको छ ।

    मलेसिया पठाउनुपर्ने उक्त रकम हङकङ पठाउने नेपाल राष्ट्र बैंकको निर्णय र आवश्यक  सिफारिस नेपाल राष्ट्र बैंकले लुकाएर राखेको पाइएको छ । सो प्रकरणमा भित्र भित्रै चर्को कुरा उठेपछि गोग्य रुपमा छानबिन भइरहेको छ । भीएलएन सफ्टवेयर मलेसियाले किनेर आफ्नो दूतावास रहेका सबै मुलुकमा भिसा प्रोसेसिङका लागि प्रयोग गरेको, नेपालमा पनि राम श्रेष्ठले आफ्नो बाउ दिल प्रसाद श्रेष्ठको नाममा भीएलएन नेपाल नामको कम्पनी घरेलु तथा साना उद्योग विभागमा दर्ता गरेर त्यसको कार्यालय पुल्चोकमा रहेको कर्मचारी सञ्चयकोषको भवनमा एउटा कोठा भाडामा लिएर सञ्चालन गरेका थिए । अवैध रुपमा पैसा उठाएको भन्दै भीएलएन माथि पनि चर्को अलोचना भएको थियो ।

    मलेसियासँगको सम्झौता अनुसार नेपालमा भिसा प्रोसेसिङ गर्दा प्रतिव्यक्ति चार हजार सात सय ५० रुपैयाँ उठाउने गरेको, त्यसरी उठाइएको रकममध्ये ७ सय ५० रुपैयाँ मलेसियन दूतावासलाई दिने गरेको र बाँकी रकम भीएलएन मलेसियालाई पठाउनुपर्नेमा आफैंले राखेको भन्ने उजुरी परेको थियो । त्यसरी उठाइएको पैसा मात्रै ६ अर्ब ५० करोड बराबर रहेको थियो । सो प्रकरणमा अर्थ मन्त्रालयका एक उपसचिवले मन्त्रालयको छाप र लेटरप्याड दुरुपयोग गरी मन्त्रालयमा रेकर्ड नै नरहने गरी एउटा पत्र बनाई राष्ट्र बैंकमा पठाइएको पाइएको छ ।

    उक्त पत्र पाएपछि राष्ट्र बैंकले यसअघि रकम पठाउन दिन नमिल्ने भनी रोकेको भएपछि रकम पठाउन दिन मिल्ने वा नमिल्ने बारेमा राय÷सुझाव दिन एउटा उपसमिति बनायो र उक्त उपसमितिको राय–सुझावअनुसार विभिन्न तहबाट टिप्पणी उठाउँदै माथिल्लो निकायलाई सिफारिस गरियो । फर्जी कागजातको आधारमा राष्ट्र बैंकले भीएलएन नेपालले मलेसिया पठाउनुपर्ने उक्त रकम भीएलएन हङकङ पठाउन अनुमति दिएको छ र उक्त रकम पठाउन अर्थ मन्त्रालयका ती उपसचिवसहित राष्ट्र बैंकका २८ जना अधिकारीहरुको संलग्नता रहेको देखिएको छ ।

    नेपालबाट मलेसिया रकम पठाउनुपर्नेमा नयाँ प्रबन्धपत्र र अर्थ मन्त्रालयको नक्कली सिफारिसमा भीएलएन हङकङ भन्ने थपेर रकम पठाइएको छ । त्यतिबेला कम्पनी दर्ता गर्दा पेस गरिएको प्रबन्धपत्र, नियमावली र राष्ट्र बैंकमा पेश गरिएको प्रबन्धपत्र र नियमावली नै फरक फरक रहेको छ । सो कार्यमा महाप्रसाद अधिकारी र गोपाल काफ्ले, भाष्करमणि ज्ञवाली, निर्णय गर्ने व्यवस्थापन समितिको बैठकको अध्यक्षता तत्कालीन गभर्नर डा. युवराज खतिवडाले गरेको पाइएको छ ।

    भीएलएन नेपालले मलेसिया पठाउनुपर्ने झण्डै छ अर्ब ५० करोड रुपैयाँ हङकङ पठाएर राजस्व छल्ने काण्डमा राष्ट्र बैंकका मात्र २७ जना अधिकारी संलग्न रहेको पाइएको छ । विदेशी मुद्रा व्यवस्थापन विभागमा रहेका भीष्म ढुंगानालगायतले गैरकानूनी रुपमा सो कामको नेतृत्व गरेको पाइएको छ । उनीहरुालई अर्थमन्त्रालयले कारवाहीको दायरामा ल्याउने तयारी गरेको स्रोतले बताइएको छ ।

    शनिबार, भदौ १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.