काठमाडौं । आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहेर प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा हल्का देखि मध्यम पानी परिरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। हाल मनसुनी न्यून चापिय रेखा नेपालको तराई भूभागभन्दा केही तल रहेको देखिन्छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । त्यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ ।
प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ ।
