काठमाडौं : कोरोना सक्रमण बढेसँगै बन्द रहेको मनकामना केबुलकार आइतबारबाट सञ्चालनमा आउने भएको छ । गत वैशाख १६ गतेबाट बन्द भएको मनकामना केबुलकार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर आइतबारबाट सञ्चालन गर्न लागिएको मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
इच्छाकामना गाउँपालिकाको चेरेसमा स्टेसन रहेको यस केबुलकार चढेर यात्रु एवं भक्तजन गोर्खाको मनकामना मन्दिर दर्शन गर्न जाने गर्दछन् । भक्तजनको भीडभाड हुने चाडपर्वमा एकै दिनमा नौ हजारभन्दा बढी यात्रुले केबुलकारको यात्रा गर्ने गरेको तथ्याङ्क छ ।
