• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

दीर्घजिवी बनाउने प्राकृतिक चिकित्सालय


  •   आइतबार, भदौ २०, २०७८ मा प्रकाशित
  • गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको सहयोगमा बेनी–४ सिङ्गा तातोपानीमा प्राकृतिक चिकित्सालय स्थापना गरिएको छ । सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिले चिकित्सकका निगरानीमा औषधिको प्रयोगबिना बिरामीको उपचार गरिने चिकित्सालय स्थापना गरेको हो । समितिका सचिव कृष्ण खड्काले भवन निर्माण, उपकरण जडान, व्यवस्थापन र चिकित्सक नियुक्त भइसकेको आगामी असोजदेखि बिरामी भर्ना गरेर सेवा सुरुआत गर्ने तयारी भएको जानकारी दिनुभयो ।

    Advertisement

    “प्राविधिक, पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापन गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “नगरपालिका र प्रशासनसँग तातोपानी कुण्ड खुलाउन मागिएको सहमति स्वीकृत भएपछि चिकित्सालयको सेवा सुरु गर्छौँ ।”म्याग्दी नदीका किनारमा जमिनभित्रबाट वीरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउमा परम्परागत शैलीमा शरीर डुबाएर गरिँदै आएको प्राकृतिक उपचारलाई व्यवस्थित र प्रभावकारी बनाउन चिकित्सालय बनाइएको हो ।

    चिकित्सक आयुषा अधिकारीले हाइड्रो थेरापी (जलचिकित्सा), म्यानुयुलेटिभ (मसाज थेरापी), योगा थेरापी, पोषण थेरापी, अकुपञ्चर, फिजियो थेरापी, परामर्शको माध्यमबाट बिरामीको उपचार गर्नुहुने जानकारी दिनुभयो । उहाँले बाथ, दम, नशा च्यापिएका, प्यारालाइसिस, पेट, छाला, टाउको दुखाई, माइग्रेन र ग्यासट्राइटिससम्बन्धी समस्या भएका बिरामीको उपचार गरिने बताउनुभयो । “ रोगीलाई निरोगी र निरोगीलाई दीर्घजिवी बनाउने प्राकृतिक चिकित्सालयको उद्देश्य हो”, उहाँले भन्नुभयो, “योगा, फिजियो थेरापी, हाइड्रोथेरापी, अकुपञ्चर र परामर्शकक्ष बनाएका छौँ ।”

    प्रदेश सरकारको रु ५० लाख बजेटबाट नगरपालिकाले गत आर्थिक वर्ष २०७७÷७८ मा चिकित्सालयका लागि आवश्यक उपकरण र सामग्री खरिद गरी जडान गरेको थियो । यसैगरी पर्यटन मन्त्रालयको रु ५० लाख र तातोपानी कुण्ड व्यवस्थापन समितिको रु ५० लाख गरी रु एक करोड लगानीमा चारतले भवन निर्माण गरिएको समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिनुभयो ।

    तातोपानीमा आउने बिरामीको प्रभावकारी उपचारका लागि प्राकृतिक चिकित्सालयले सहयोग पुग्ने उहाँले बताउनुभयो । तातोपानीमा उपचार गराएमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्किएको, पेट दुख्ने, खाना रुचि नहुनेलगायतका स्वास्थ्य समस्या निको हुने बिरामीको अनुभव छ ।

    ग्यास्ट्रिक, बाथरोथ (युरिकएसिड), ढाड दुख्ने, छालासम्बन्धी विविध रोग, सुन्निएको, बज्रिएर चोट लागेको, मर्किएको, पेट सुन्निने, गलगाँड र एसाइटिसजस्ता स्वास्थ्य समस्या निको हुने गरेको बिरामी बताउँछन् । यस स्थानमा वीरेनुन र गन्धन (सल्फर) तत्वसहितको ४५ देखि ५७ डिग्री सेल्सियस तातोपानी निस्कने मुहान रहेको छ । गन्धक आफँैमा एक प्राकृतिक एन्टिवायोटिक भएको हुनाले कुण्डमा स्नान गर्दा एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुन्छ ।

    एक दिनमा दुईपटक दुई÷दुई घण्टाका दरले तातोपानीको कुण्डमा शरीरलाई डुबाएर स्नान गरेपछि बाहिर निस्किएर पाँच–दश मिनेटसम्म पछ्यौरा, कम्बल, प्लास्टिक, काम्लो आदि न्याना कपडा ओढेर शरीरबाट चिटचिट पसिना निस्कँदासम्म विश्राम गरिन्छ । तातोपानी कुण्डमा पुरुष र महिलाका लागि फरक–फरक समय तालिका बनाइएको छ । रु ३५० शुल्क तिरेर १० दिनसम्म स्नान गर्न पाइन्छ । कोरोनाको दोस्रो लहर फैलिएपछि गत वैशाखदेखि बन्द भएको तातोपानी कुण्ड स्नानका लागि खुलाउने तयारी भएको छ ।

    स्वास्थ्य समस्या नदेखिएका र कोरोनाविरुद्धको खोप लगाएकाहरुलाई स्नान गर्न दिने गरी खुलाउन लागिएको समितिका सहसचिव कुमार केसीले बताउनुभयो । तातोपानी कुण्डमा विशेष गरेर असोज, कात्तिक, माघ, फागुन र चैत महिनामा मानिसको घुइँचो लाग्ने गर्छ ।कुण्डको आम्दानीले कर्मचारीको तलब, व्यवस्थापन, पूर्वाधार निर्माणका साथै स्थानीय सरस्वती माविका ११ जना निजी स्रोतका शिक्षकलाई तलबभत्ता उपलब्ध गराउँदै आएको छ

    आइतबार, भदौ २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.