बेपत्ता भएका अर्का एक जना व्यक्तिको पनि शव फेला परेको छ । शव घटनास्थलबाट करिब साढे एक किलोमिटर तल हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१७ चुच्चे खोलाबाट कुमालटारतर्फ पर्ने कर्रा खोलाको किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।उनको सनाखत हुन सकेको छैन ।
कुमाल्टारबाट दूध बोकेर डेरी जाँदै गरेका स्थानीयले शव देखेपछि प्रहरीमा खबर गरेको थिए। शुक्रबार दिउँसो कर्रा खोलामा आएको बाढीले ट्रक बगाउँदा दुई जना बेपत्ता भएका थिए ।
शिवम सिमेन्ट उद्योगबाट चौघडातर्फ आउँदै गरेको ना ४ ख १४४० नम्बरको ट्रक उपमहानगरपालिका वडा नम्बर–१७ रामपुरडाँडास्थित कर्रा खोलामा आएको बाढीले बगाउँदा उनीहरू बेपत्ता भएका थिए । बेपत्ता भएकामध्ये गणेश थापा मगरको शव शनिबार चार बजेको समयमा घटनास्थलबाट करिब २०० मिटर तल खोला किनारमा फेला परेको थियो ।
