काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) के गर्ने भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।
शनिवार काठमाडौंमा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै ओलीले प्रचण्ड र देउवलालाई एमसिसी बारे प्रश्न गरेका हुन् । एमसिसी सम्झौता गरेका व्यक्तिहरु नै अहिले बोल्न डराएको आरोप लगाउदै ओलीले एमसिसीमा सत्ता गठबन्धनको धारणा माग गरे ।
उनले भने – ‘यिनै मान्छेहरु हुन् कांग्रेस र माओवादी भएका बेला एमसिसी गरे । अहिले एमसिसीमा बोल्दैनन् । झुक्याएर पास गर्न खोज्या छ । के गर्ने हो भन्दैनन् । जनताका अगाडि यिनीहरुले गरेको एमसीसी के गर्ने ? देउवाजी, प्रचण्डजी बोल्नुपर्दैन । के गर्ने एमसीसी ? उहाँहरु चुपचाप हुनुहुन्छ।’
ओलीले यस्ता अनगिन्ती कुराहरु गोप्य राखेर नेपाली जनतालाई छक्याएर अघि बढ्न खोजेजिएको आरोप पनि लगाए । उनले सुकुम्वासी आयोग खारेज र आफूले सुरु गरेका योजना रोक्ने सरकारको निर्णयको पनि आलोचना गरे ।
उनले भने ‘पहिला गरिबमाथि बञ्चरो प्रहार गरेर सुरु गर्यो । त्यसपछि विकास निर्माणका काम एकपछि अर्को भत्काउन थाल्यो
वर्तमान सरकारले धराहरा पनि भत्काउन सक्ने भन्दै उनले भने – ‘तपाईहरु नहुने हो भने भक्तपुरमा एकपटक राति क्रेन लगेर मूर्तिको घाँटी मर्काएजस्तै धरहराको पनि क्रेन ल्याएर यिनीहरुले घाँटी मर्काउँछन् । देख्न नसकेर, विकास निर्माण यसरी गर्ने हो, धरहरा यसरी बनाउने हो भनेर मर्काउन सक्छन्’
