काठमाडौं – नेकपा एमालेवाट विभाजित भएको नेकपा (एकीकृत समाजवादी) मा पाँच सदस्यीय स्थायी कमिटी गठन गरिएको छ । गठन गरिएको कमिटीमा नेकपा एमाले परित्याग गरेका वामदेव गौतमलाई भने राखिएको छैन । वामदेवले गत शुक्रवार नेकपा एमाले परित्याग गरेका थिए ।
यस पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन–१ मार्फत अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, डा। बेदुराम भुसाल र प्रमेश हमाल रहेको स्थायी कमिटी गठन गरेको जानकारी गराएका छन् ।
अपानीमा पार्टीको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्म काम गर्नको लागि अध्यक्ष नेपाल, वरिष्ठ नेता कमरेड झलनाथ खनाल र नेकपामा हुँदा स्थायी कमिटी सदस्य रहेकाहरु मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल, प्रमेश हाल रहेको कमिटी गठन गरिएको उल्लेख गरिएको छ ।
