• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

ओली, देउवा र एमसीसी बिचको कथा !


  •   आइतबार, भदौ २०, २०७८ मा प्रकाशित
  • काठमाडौं । एमसीसी अनुमोदन गराउन प्रधानमन्त्री शेरबहादुर देउवा अहिले दलहरुसंग सहमति जुटाउने कोशिशमा लागेका छन् । मन्त्रीपरिषद विस्तार गर्नुपर्ने जरुरिलाई थाँती राख्दै प्रधानमन्त्री देउवा अहिले एमसीसीलाई संसदमा छलफल गराउने माहोल बनाउन लागेका छन् ।

    Advertisement

    गठबन्धनको सरकार बनाउन अघि प्रधानमन्त्री शेरबहादुर देउवाको सर्त थियो एमसीसी यहि संसदबाट अनुमोदन गराउनुपर्ने र यसका लागि माओवादी केन्द्र, जसपा र माधव नेपाल पक्षको साथ दिनुपर्ने सर्त । देउवाको उक्त सर्तमा सहमत जनाउदै गठबन्धनको सरकार निर्माण गर्न विश्वासको मत दिने निर्णय भएको थियो ।

    उच्च श्रोतका अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा शेरबहादुर देउवाको जोड संसद पूनर्स्थापना भन्दा चुनाव मै जाने जोड थियो । चुनावमा गएर नेपाली कांग्रेस ठूलो दल बनेर सरकार निर्माण गर्ने र त्यो सरकारले एमसीसी अनुमोदन गराउने योजना देउवाको थियो । त्यसै कारण केपी ओलीको संसद विघटन विरुद्ध देउवाले चर्को विरोध गरेनन् जत्ति पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवले गरेका थिए ।

    केपी ओली र शेरबहादुर देउवा चुनाव तर्फ जाने निधो गरेको बेला प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादव जसरी पनि संसद पूनर्स्थापना गर्ने तर्फ जोड दिएका थिए । तर शेरबहादुर देउवाको साथ बिना संसद पूनर्स्थापना गर्न सम्भव थिएन । यहि क्रममा शेरबहादुर देउवाले एमसीसी अनुमोदन गराउने सर्त अगाडी सारेका थिए । श्रोतका अनुसार शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बनेर गठबन्धनको सरकारको नेतृत्व गर्ने तर एमसीसी अनुमोदन गराउन सहमति  हुनुपर्ने सर्त प्रस्तुत गरेका थिए ।

    प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवलाई केपी ओली सरकार ढालेर संसद पूनर्स्थापना गराउन शेरबहादुर देउवाको सर्त मानेर गठबन्धनको सरकार बनाउने सहमति गराए । माधव नेपालले फ्लोर क्रस गर्नुपरे गर्ने तर केपी ओली सरकार ढाल्न तयार भए । अदालतको परमादेश पश्चात सबैले शेरबहादुर देउवालाई विश्वासको मत दिएर गठबन्धनको सरकार निर्माण गरे ।

    विश्वासको मत दिने दिन भीम रावलले भने राजिनामा दिए । भीम रावलले यो गठबन्धनको सरकारले एमसीसी संसदबाट अनुमोदन गर्दैछ भन्ने सुइँको पाएपछि यो सरकारलाई साथ नदिने भन्दै बरु राजिनामा नै दिए । पछि जनता र पार्टीका शिर्ष नेताहरुको आग्रहमा राजिनामा फिर्ता लिए । राजिनामा फिर्ता लिएपछि पहिलो पल्ट संसदमा बोल्दै गर्दा नेता रावलले एमसीसी पास गराउने खेल बारे विरोध नै जनाए ।

    अब कुरा रह्यो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जो शेरबहादुर देउवा र एमसीसीसंग कत्तै न कत्तै जोडिन्छन् । केपी शर्मा ओली एमसीसीको विरोधमा अहिले बोलेपनि प्रधानमन्त्री हुँदा एमसीसी अनुमोदन गराउन धेरै कोशिश गरेका थिए । एमाले भित्रै भीम रावल जस्ता नेताहरु चर्को विरोध गर्दा पनि एमसीसी टेबुल गर्न केपी शर्मा ओली लागिपरेका थिए । तर तत्कालीन नेकपा भित्रको अन्तरविरोधका कारण साथै सभामुख प्रचण्ड निकट भएका कारण एमसीसी टेबुल गर्न असफल रहे ।

    जब शेरबहादुर देउवाको सरकार गठन भयो, केपी शर्मा ओलीले एमसीसीलाई गठबन्धनको सरकारको विरोध गर्ने अवसरको रुपमा लिए । केपी शर्मा ओलीलाई थाहा छ कि शेरबहादुर देउवादेखि प्रचण्डले एमसीसी अनुमोदन गराउछन । तर आफू अहिले एमसीसी विरोध गरे जस्तो गरि जनमतमा राष्ट्रियताको पक्ष भन्दै चर्चा कमाउने तर एमसीसी अनुमोदन गराउन देउवालाई भित्रभित्रै सहयोग गरिरहेको उच्च श्रोतको दाबी छ ।

    “केपी शर्मा ओली आफू सरकारमा हुँदा एमसीसीको कार्यदलले दिएको सुझावसम्म वेवास्ता गरेर एमसीसी अनुमोदन गराउने माहोल बनाउन लागेका थिए । संसद विघटनको कारणमा समेत प्रचण्डहरुले एमसीसी टेबुल गर्न सहयोग गरेनन् सम्म भनेका थिए तर अहिले एमसीसीको अपजस आफूमा नआउने देखेपछि केपी ओली गठबन्धनको सरकारको विरोध गर्न लागेका छन् । तर केपी ओली आफै एमसीसी अनुमोदन गराउन देउवालाई सल्लाह सुझाव दिइरहेका छन् ।”

    आइतबार, भदौ २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.