काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नयाँ दलमा नजान आग्रह गरेका छन् । आइतबार एक विज्ञप्तिमार्फत पोखरेलले नयाँ दलमा संलग्न हुने सूचनाबाट प्रभावित नहुन आफ्ना जनप्रतिनिधिलाई आग्रह गरेका हुन् ।
उनले सूर्य चिह्नबाट निर्वाचित प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दलमा नलाग्न आग्रह गरेका हुन ।
गएको भदौ ९ गते माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको थियो । नेपालले नेकपा नेकपा एमाले छोडेर नयाँ पार्टी खोलेका हुन् ।

