चितवन । भदौ १८ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १४ औं अधिवेशन अन्तर्गत चितवनमा आज वडा अधिवेशन हुदैछ। चितवनको इच्छाकामना सहित जिल्लाका ७ वटा स्थानीय तहको ९८ वटै वडामा अधिवेशन शुरु भएको छ।
अधिवेशन सुरु भएपनि अधिकत्तम सहमतीको प्रयास भैरहेको नेपाली कांग्रेस चितवनले जानकारी दिएको छ। images images images चितवनमा पुरानो क्रियाशिल सदस्य १७ हजार १५० जना रहेका थिए ।
नयाँ थपिएसँगै चितवनमा कांग्रेस क्रियाशिल सदस्यको संख्या २७ हजार ८५० पुगेको छ । चितवन क्षेत्र नम्बर १ मा आठ हजार ७००, क्षेत्र नम्बर २ मा नौ हजार २४८ जना र क्षेत्र नम्बर ३ मा नौं हजार ८९८ जना क्रियाशिल सदस्य रहेका छन् ।
