• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

नेपाली समाजको प्रगतिशिल रुपान्तरण र समाजवादी कार्यभार


  •   सोमबार, भदौ २१, २०७८ मा प्रकाशित
  • धर्मबहादुर थापा 

    Advertisement

    हिजो आज नेपाली राजनैतिक वृतमा समाजवादको चर्चाले निकै महत्व पाएको देखिन्छ । एकातिर चरम भष्ट्राचार, लुट, राष्ट्रिय आत्मसर्मपण झन झन व्याप्त बन्दै गएको देखिन्छ भने अर्कोतर्फ विद्यमान संसदीय प्रणाली आफै भित्रबाट समेत पुनः असफल र निकम्मा बन्दै गैरहेको छ । यस्तो परिवेशमा विद्यमान प्रणाली भित्रबाट भन्दा एउटा उन्नत, वैज्ञानिक प्रणालीको विकल्प खोज्नु स्वभाविक नै हुन जान्छ । यस किसिमको परिस्थितिले पनि थोत्रो, सडेगलेको संसदीय दलालतन्त्रको सट्टा समाजवादि प्रणालिको आवश्यकता बारे चर्चा हुनु सामायिक र औचित्यपुर्ण विषय नै हो ।

    समाजवादको आवश्यकतालाई विभिन्न पक्षहरुले विभिन्न कोण र ढंगबाट प्रस्तावित गरेका छन् । विप्लवद्वारा नेतृत्व गरिएको ने.क.पा.ले नयाँ जनवादी शासन व्यवस्थाको सट्टा “वैज्ञानिक समाजवादको स्थापना” लाई आफ्नो लक्ष बताएको छ । साहित्यकार आहुतिले आफ्नो पार्टीको नाम नै “वैज्ञानिक समाजवादी पार्टी” राखेका छन् । प्रचण्डले नेपालको विद्यमान संविधान नै समाजवाद उन्मुख भएकोले त्यसैको सहारामा शान्तिपुर्ण र वैधानिक तवरले नै समाजवादमा पुग्न सकिने वकालत गरेका छन् । नेपाली काङ्ग्रेसले त शुरुदेखि नै “प्रजातान्त्रिक समाजवाद” को ओकालत गर्दै आएको छ । साथै देशमा समाजवादप्रति लगाब राख्ने थुप्रै समुह र व्यक्तित्वहरु पनि क्रियाशिल छन् । यसरी हेर्दा समाजवाद नेपाली समाजको राजनैतिक क्षेत्रमा चर्चाको प्रमुख विषय बनेको छ भन्न सकिन्छ ।

    यसो भएतापनि सबै नै समाजवादि लक्ष्यप्रति साच्चिकै गम्भिर छन् भन्न सकिन्न । अर्को कुरा समाजवाद शब्द आफैमा नै अमुर्त र वहुअर्थि छ । हरेकले यसलाई आ—आफ्नो बुझाई र दृष्टिकोण अनुसार व्याख्या गरेका छन् । जति धेरै विविधता भएपनि समाजवाद मोटा मोटि हिसाबले दुइ प्रकारका व्यवस्था—पूजिवादी समाजवाद र माक्सवादी (वैज्ञानिक या सर्वहारा) समाजवाद ।

    पूजिवादी व्यवस्था भएका मुलुकहरुमा समेत पूजिवादी वर्गको आधारभुत स्वार्थहरुमा धक्का नपुग्ने गरी जनताका कतिपय आवश्यकताहरुको निश्चितता गरिएका छन् । धनाड्य संस्थाहरुको प्रमुलर स्वतन्त्र चलखेललाई कायम राख्दै शिक्षा स्वास्थ्य निःशुल्क, बेरोजगार भत्ताको व्यवस्था गरेका हुन्छन् । पूजिवादी व्यवस्थालाई वभोैपिरी देखाउन ‘गरिबि उन्मुलन’ ‘न्युन आय भएकाहरुको संरक्षण’ ‘महिला अपाङ्गहरुको सशत्तिकरण’ जस्ता उपकारी कार्यक्रमहरु लागु गरिरहन्छन् तर जति सुकै उन्मुख पूजिवादी भएपनि यहाँ अन्याय, अत्याचार, दमन र भेदभाव भने कायमै रहन्छ । विश्वका थुप्रै देशहरुमा अर्थतन्त्रका केहि सेक्टरहरुमा राज्यले हात हालेको थियो । १९९० अघि भारतले पनि यस्तै गरेको थियो ।

    उद्योगधन्दा यातायात, शिक्षा, स्वास्थ्य क्षेत्रहरुमा राज्यले दायित्व लिनुलाई नै समाजवाद भन्नेहरु पनि छन् । जतिसुकै बजार अर्थतन्त्र र निजिकरणका कुरा गरेपनि विकशित पूजिवादी मुलुकहरु पनि जनतालाई केहि सुविधाहरुको निश्चितता दिन बाध्य छन् । माओ पछिको चिनले ‘आफ्नै विशेषताहरु सहितको समाजवादको’ वकालत गरे पनि त्यो अत्यैन्तै दमनकारी प्रवृस्तिको पूजिवादी अधिनायकवाद नै हो । यस प्रकारका व्यवस्थाहरु वास्तवमा समाजवादी चरित्रका हुदैनन् किनकी यसको मुख्य उद्देश्य भनेको पूजिवादि शोषण दमन र उत्पीडनलाई कायम राख्नु हो । तर नेपालमा कम्युनिष्ट आन्दोलन भित्रै पनि यसप्रकारका सुविधाहरुको व्यवस्थालाई समाजवादी व्यवस्थाका विशेषता ठान्ने भ्रमहरु कायम छन् ।

    यसको विपरितमा वैज्ञानिक समाजवाद उभिएको छ । यसको मान्यताको धरातल भनेको पूजिपति वर्गको उन्मुलन र संपुर्ण समाजको श्रमिकीकरण नै समाजवाद स्थापनाको पूर्वशर्त हो । जसरी पूजिको श्रमिक माथिको प्रभुत्व पूजिवादी समाजको आधार हो । त्यसै गरी त्यसको उन्मुलन समाजवादी समाजको मुख्य शर्त हो । त्यसै गरी निजी सम्पतिको वृद्धिलाई पूजिवादको स्वतन्त्रताको पूर्वशर्त मान्छन् भने त्यसको ठिक उल्टो समाजवादले त्यसको उन्मुलनलाई सम्पतिको सामुहिक स्वमित्व समाजवादको जग हो ।

    यस प्रकार हेर्दा उत्पादनका साधनहरुको राष्ट्रियकरण सामुहिक अर्थतन्त्रको एक रुप हो एक मात्र रुप होइन । मुख्य कुरा राज्यसत्ताको  वर्गस्वरुप हो । पूजिवादि सत्ताभित्रको राष्ट्रियकरण पूजिवादिको एक प्रकार हो भने कम्युनिष्ट पार्टीद्वारा नेतृत्व गरिएको सर्वहारा राज्यसत्ताद्वारा गरिएको राष्ट्रियकरण समाजवाद हो ।यी त भए सैद्धान्तिक कुरा । अब पुनः नेपालतर्फ फर्कौ । नेपालको अहिलेको संविधानको कुरा गरौँ । यसमा उल्लेख गरिएका समाजवाद उन्मुख, समावेशि, संघीयता र धर्म निरपेक्षता जस्ता शब्दहरुले मात्र श्रृङ्गगारिक महत्व राख्दछ । यिनीहरुले बढि से बढि भ्रष्ट दलालतन्त्रको कुरुप चरित्रमाथि होइन आफैलाई उल्लु प्रमाणित गर्नु हो । यसको खोक्रोपना त खड्कप्रसादका दक्षिणपंथी राष्ट्रघाति प्रहारहरुले नै सावित गरिरहेको छ । आज फेरी “लोकतन्त्र जोगाउन आन्दोलन” गर्न आव्हान गर्नु पर्ने स्थितिले यो पृष्टी गरिेदिएको छ । हुन त दुनियामा चुनावबाट नै केहि समाजवादी विशेषताहरुसहितका प्रगतिशिल सुधारका प्रयत्नहरु नभएका होइनन् । तर तिनिहरु साम्राज्यवादी षड्यन्त्रका शिकार भए र धराशयी भए । हाम्रा नेपालका वामपन्थि या कम्युनिष्ट भनिएका संसदवादीहरुसँग मामुलि प्रकारका प्रगतिशिल सोच या एजेण्डाहरु समेत छैनन् । आमुल परिर्वतनकारी समाजवादी कार्यक्रमहरु को कुरा त परै जाओस् । उनीहरुको मुख्य मन्त्र भनेकै यथास्थितिवाद हो । “निजीकरण, बजारमुखी खुल्ला अर्थतन्त्र र विदेशी लगानी हुन् ।” निजी सम्पतिको बढावा हो । देश र विदेशका प्रतिक्रियावादि शत्तिहरुका हित र स्वार्थहरु माथि एक इन्च पनि दखल नदिई उनीहरुको इच्छा अनुसार चल्नेहरुले समाजवादको गफ दिनु आफैमा एउटा विडम्बना बाहेक केहि होइन । त्यसमाथि झन खड्गप्रसादको दाक्षिणपंथी, धार्मिक अतिवादि कदमहरु र त्यस सामु अन्य संसदवादीहरुको निरिहताले यो संविधानको अस्तित्वमाथि नै प्रश्न खडा भएको छ ।
    देशमा विगतमा भएका क्रान्ति र आन्दोलनहरुले निणयक विजय हासिल गर्न सकेको छैनन् ।

    जनताका  आधारभुत समस्याहरु यथावत छन् र सत्ताधारीहरुको नालायकी र निकम्मापन झन झन उदांगिदो छ । अर्को शब्दमा पुरानो व्यवस्था संकटग्रस्त छ । यो अवस्था भनेको विकल्प प्रस्तुत गर्नेु पर्ने अवस्था हो । समाजवादी खाका प्रस्तुत गर्ने अवस्था हो । समाजवादलाई अमूर्त परिभाषाबाट ठोस कार्यक्रम र कार्यनीतिको रुपमा परिभाषित गर्ने अवस्था हो । कुन कुन वर्ग तत्काललाई साथ लिएर कुन कुन वर्गमाथि प्रहार गर्ने हो त्यो ठोसरुपमा अगााडी ल्याइनु पर्ने अवस्था हो । केहि समययता राष्ट्रिय र अन्तराष्ट्रिय वर्ग संरचना र शक्ति सन्तुलनमा आएका र देखा परेका परिर्वतन र तिनका क्रान्तिमा देखिने प्रभावबारे अध्ययन अनुसन्धान र छलफल गर्नु पर्ने अवस्था हो । अतः समाजवादी व्यवस्था बारेको अमुर्त विषयबाट अघि बढेर ठोस रुपमा के कस्ता कार्यक्रम या कार्यभार लागु गर्नु पर्दछ या सकिन्छ भन्ने दिशातर्फ छलफल केन्द्रित गर्नु आवश्यक भैसकेको छ । यसै सन्दर्भमा स्पष्ट हुनुपर्ने महत्वपूर्ण विषय के हो भने समाजवाद विद्यमान सत्ता अन्र्तगतको माथिल्लो निकायबाट घोषणा गरेर हुने विषय होइन । यो त व्यापक जनताको ताकत, पहलकदमी, हस्तक्षेप र निरन्तर खवरदारीले लागु हुने र विकसित हुने व्यवस्था हो । यो सबैको सहमतिबाट या सदिच्छाले पनि हुने कुरा होइन । सबैलाई खुशी राखेर उनीहरुको स्वार्थमा अलिकति पनि दखल नदिइ हुने कुरा होइन । यो त व्यापक जनताको हित र स्वार्थको लाई अल्पसंख्यामा रहेका परजिविहरुका स्वार्थहरुमा निर्मम प्रहार गरेर प्राप्त गर्न सकिने व्यवस्था हो ।

    नेपाल पुनःक्रान्ति या परिवर्तनको संघारमा उभिएको छ । विद्यमान संसदीय दलालतन्त्र नराम्ररी पंगु सावित भैरहेको छ । यो उत्रनै नसक्ने गरी संकटग्रस्त भएको छ । अर्कोतर्फ जनतामा पनि चरम असंन्तुष्टी र आक्रोस व्याप्त छ । यो अवस्था भनेको समाजवादी एजेण्डाहरु प्रस्तुत गरेर त्यसको आधारमा विद्रोह संगठित गर्ने अवस्था हो । तथापी समाजवादका प्रमुख कार्यभारहरु मध्ये कतिसम्म लागु गर्न सकिन्छ र कति क्रमिक रुपमा लागु गर्न सकिन्छ भन्ने चाहि छलफल र बहसको विषय हुन सक्छ ।शिक्षा र स्वास्थ्य क्षेत्रका सम्पुर्ण निजी संस्थाहरु बिना मुआवाजा राष्ट्रियकरण गरिनुपर्छ र आधारभुत तहका जनतालाई निःशुल्क या सुपथ शिक्षा स्वास्थ्य र आवासको व्यवस्था गर्नु पर्दछ ।

    जमिन लगायत सम्पुर्ण प्राकृतिक साधन स्रोतहरु पूर्णतःराज्यको नियन्त्रण र संचालन । अब जमिन जोत्नेको नारा पछि परिसक्यो । जमिनको खण्डिकरण र निजीकरणले नेपालको कृर्षि, बसोबास जस्ता समस्याको हल गर्न सक्दैन । बैंक लगायतका वित्तिय संस्थाहरु राज्यको अधिन र नियन्त्रणमा हुनु पर्ने । यसलाई नाफा मुखि भन्दा जनमुखि बनाउनु पर्ने । परनिर्भर अर्थतन्त्रको अन्त्य, आत्मनिर्भर र अन्तरनिर्भर अर्थतन्त्र विदेशी सहयोगहरु केन्द्रीय सरकारको आवश्यकता र नियन्त्रण अन्र्तगत परिचालन । दुतावासद्वारा तल्लो निकायमा आफ्नो हिसाबले लगानी गर्न पूणर्तः रोक, ल्न्इ र क्ष्ल्न्इ हरुमाथि प्रतिबन्ध ।वास्तविक अर्थमा धर्म निरपेक्षताको अबलम्वन । धर्म व्यक्तिको आस्थाको विषय भएकाले कुनै धर्म मान्नु या नमान्नु निजी विषय हो । राज्यले कुनै एक धर्मलाई विशेषाधिकार दिनु हुदैन । तर धर्मको नाम मा गरिने राजनैतिक हस्तक्षेप या अंधविश्वास माथि पूर्ण रोक । उत्पादनशिल श्रम (बौद्धिक र शारीरिक) लाई जनताको अधिकार र कर्तव्यको रुपमा स्थापित गर्नु पर्छ । यसले बाल, वृद्ध, अशक्तहरुको सम्मान र जीविकोपार्जनको निश्चितता गर्नुपर्दछ । जनसंचार संयन्त्रको व्यवस्था । संचार क्षेत्रमा विदेशी अपारदर्शाी लगानीको अन्त्य । वाक र प्रदेश स्वतन्त्रताको निश्चितता तर समाजवादका मान्यताहरु माथि हुने प्रहारको प्रतिरोध वैचारिक प्रहार विरुद्ध वैचारिक प्रतिरोध ।

    रंग, जाति, वर्ग, लि·, क्षेत्र, धर्म इत्यादिका आधारमा हुने भेदभाव र उत्पीडनको अन्त्य ।सम्पत्ति लगायतका सबै क्षेत्रमा उत्तराधिकारको अन्त्य । सबैप्रकारका अवैध सा्रेत नखुलेका एंव अपारदर्शी संम्पती राज्यद्धारा नियन्त्रण ।उद्योग धन्दा,यातायात पर्यटन,होटल व्यवसाय,व्यापार जस्ता क्षेत्रहरुमा राज्यसंचालित र नीजिक्षेत्रहरुबिच प्रतिस्पर्धा । राज्यको शर्त र नियमहरु मान्ने गरी राज्यको आवश्यकता र प्रथामिकताको आधारमा विदेशी लगानीको स्वीकृति ।राज्यको सुरक्षा निकायमा समाजवादी सत्ताको पूर्ण नियन्त्रण । त्यसमा विदेशी प्रभावको अन्त्य । जनपरिचालनमा आधारित सुरक्षा (आन्तरिक एवं बाह्य) प्रणाली । जन अदालत एवं संस्थागत न्याय प्रणालीको मिश्रित न्याय व्यवस्था ।इत्यादी इत्यादी ।प्रस्तुत बुदाँहरु प्रारम्भिक तहका अवधारणाहरु हुन । यिनिहरु आफैमा पूर्ण छैनन् छलफल बहस सुझाव आलोचना आर्फत पूर्णता दिन सकिन्छ । यस लेखको जोड के हो भने समाजवादी कार्यक्रमहरुका आधारमा जनता बिच जान अत्यन्त जरुरी भैसकेको छ ।

    सोमबार, भदौ २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शब ब्यवस्थापनमा स्वयंसेवकको रुपमा खटिदा गर्दा जे देखेँ र भोगेँ, त्यो जीवनभर बिर्सन सक्दिनँ।
    Vijay Subedi
    राजनीतिमा विरलै भेटिने म्यानेजर : विजय सुवेदी
    ६५५ मत पाएका ऋषि धमलाको चुनावी खर्च १२ लाख ६५ हजार
    समानुपातिकतर्फ ९० लाख मत गणना, कुन दलले कति पाए ?
    बालेन पत्नी सबिना झापा-५ मा चुनावी प्रचारमा
    काँग्रेसका १३ पदाधिकारीसहित १२१ केन्द्रीय सदस्यको निर्वाचन हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.