काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहित १४ जना सांसदको कारवाही सिफारिस रोकेको विषयमा अग्निप्रसाद सापकोटामाथि आक्रोश पोखेका छन् ।
सोमबार आयोजित युवा संघको भेलामा बोल्दै ओलीले सभामुख हो कि कुनै पार्टीको कार्यकर्ताको हो भन्दै सापकोटालाई प्रश्न गरे । उनले कारवाहीको सूचना भित्तामा टाँस्ने कर्तव्य पूरा नगरेर सभामुखले जालझेल र फटाइँ गरेको आरोप पनि लगाए ।
उनले भने – ‘सभामुख हो कि कुनै पार्टीको कार्यकर्ताको हो रु कि गठबन्धनको मतियार हो रु कि एमालेविरुद्ध काम गर्ने मोहरा हो रु के हो तपाईं ?’
उनले प्रमुख प्रतिपक्षी पार्टी फुटाउने षड्यन्त्रको भागिदार र अंग भएर निष्पक्ष सभामुखको भूमिका निर्वाह नभएको बताए । उनले प्रश्न गर्दै भने – ‘अग्निप्रसाद सापकोटा सभामुख हो कि एमालेविरुद्धको प्यादा ?’
