• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

नारायणी नदीले भरतपुर महानगरको २६, २७ र २८ नम्वर वडाका सयौ विगाह जमिन बगर बनायो, किन देख्दैन्न नेताले आँखा


  •   बुधबार, भदौ २३, २०७८ मा प्रकाशित
  • चितवन । पश्चिम चितवन नारायणी तटिय क्षेत्रका स्थानियहरु नारायणी नदीको कटान र डुवानका कारण निकै ठुलो समस्यामा परेका छन् । बिगत ४० वर्ष अगाडी देखी कै समस्या भएपनि सरकार पक्षबाट त्यसको व्यवस्थापनका लागी ठोस काम नहुदा हरेक वर्ष वर्षा सुरु हुना साथ स्थानियहरु दिनरात नदी किनार तिरै हेरेर बस्न बाध्य भएका छन् ।

    Advertisement

    भरतपुर महानगरको २६, २७ र २८ नम्वर क्षेत्रका स्थानियहरु सबै भन्दा बढि प्रताडित भएका छन् । यो वर्ष असार सुरु हुनासाथ बाढि आएपछि पश्चिम चितवनको सयौ बिगाहा जग्गा अहिले नदीले कटान गरिसकेको छ ।

    २०२८ सालमा आएको बाढिले हाल नदीको बिचमा परेको क्षेत्र कोईलाहमा डुवान तथा कटान गरेपछि तत्कालिन सरकारले २०३२ सालमा त्यहा रहेको १६५ घरधुरीलाई चितवनकै जुटपानीमा लगेर राखेको थियो ।

    अहिले नदी त्यो क्षेत्रबाट पनि करिव ५०० मिटर मानब बस्ति तिर सरेको छ । नदीले यहि तरिकाले कटान गर्दै लग्यो भने कोईलाहा बस्तिकै नियति आफुहरुले भोग्न बाध्य हुने वल्लो कोईलाहाका डम्मर ब भुजेलले बताए । आफु पल्लो कोईलाहा बाट बस्ति स्थान्तरण हुँदा जुटपानि नगई वल्लो कोईलाहा सरेको भुजेल बताउँछन् । अव यहि अवस्था कायम रहे त्यहाबाट पनि सर्नु पर्ने अवस्था आउने उनि दाबी गर्छन  ।

      पटक पटक हरेक वर्ष यस्तो समस्या निरन्तर आउदा पनि सरकारले खालि बाढि आएका बेला मात्रै बजेट पारेजस्तो गरेर टालटुले काम गर्ने गरेकै कारण आफुहरुहरेक समय जोखिममा बस्न बाध्य भएको स्थानिय युवा सुदन कुमालले बताए ।  हेर्दा हेर्दै नदिले सयौ बिगाहा जमिन कटान गरेर लगेको उनले बताए ।

    यसपालि आएको बाढिले वडा नम्वर २६ को भगडीमा ठुलो क्षती गरेको छ । नदि मा पानिको सतह अझ बढ्दै जानेहो भने सयौ मानिसहरुले जग्गा जमिन नदिमा बगाएर जोगि बन्नु बाहेक अरु उपाए नहुने स्थानियहरु बताउछन् । यो एक हप्ताको अन्तरालमा मात्रै १०० मिटर नदी मानब बस्तिमा सरेको र यो क्रम तिब्र भएको स्थानिय युवा कमल सुबेदीले बताए ।

    यहाँको कोलाहा, भगडी, निउरेचोक गाजिपुर, मेघौली लगाएतका क्षेत्र पुरै डुवान र कटानको जोखिममा रहेको छ ।नदीको सतह बढ्नासाथ स्थानियहरु आफना महत्वपुर्ण सामाग्रि बोकेर स्कुल वा अरु उच्च ठाउमा बनेको सामुदायीक भवनमा आश्रय लिन बाध्य हुने गरेका छन् ।

    नारायणी नदिको कटानका कारण पश्चिम चितवनको सयौ बिगाहा नम्वरी जमिन नदिमा बगर भएको वडा नम्वर २६ का अध्यक्ष ज्ञान प्रसाद खनालले बताए । हरेक वर्ष त्यो पनि ४० ,५० वर्ष देखि यो समस्या हुँदा पनि कुनै सरकारबाट प्रभावकारी रुपमा यहाँको बस्ति जोगाउने गरि काम नहुदा हरेक वर्ष यो समस्या भोग्न बाध्य भएको उनी बताउँछन् ।

    सरकारले बस्ति जोगाउन तटबन्धलाई भन्दा पनि पानी जहाजलाई महत्व दिदा यहा बजेट पर्न नसकेको उनको दुखेसो छ । सरकारले सामान्य झारा टार्ने गरि थोरै बजेट दिने र त्यो बजेटले अलिअलि काम गर्दै गर्दा फेरी बाढी आएर लग्ने र जस्ताको तस्तै हुने गरेको उनले सुनाए ।

    निकुन्जले समयमा काम गर्न नदिने र बैशाख जेठमा काम थाल्दा असारबाट पानी आउने फेरी जस्ताको जस्तै बनाउने स्थितीले पनि काम गरेर उपलब्धि नदेखिएको उनि सुनाउँछन् ।  अघिल्लो वर्ष ३ करोडको काम गरेपनि त्यसले पुरा काम गर्न नसक्दा नदीले धार परिर्वतन गरेर यसपटक झन दुख दिएको उनि बताउछन् ।

    आफुहरुले महानगर प्रमुख रेनु दाहाललाई पनि यो क्षेत्रमा ल्याएर समस्या अवगत गराएको र पुर्व प्रधानमन्त्री तथा सोही क्षेत्रका संघीय संसद प्रचण्डसंग पनि कुरा उनले बताए । उहाहरुबाट करिव १ अर्व बजेट बिनियोजन गरर काम गर्ने सन्देश आफुहरुलाई आएकोले अव केहि हुनेमा आशाबादि रहेको खनालको भनाई छ ।

    अहिले कटान भएका बेला तत्काल रोकथामका लागी महानगको बजेटबाट ठुला ठुला ढुगां हाल्ने काम भएको छ ।यहाँ बाढि आएका बेला निरिक्षणका लागी पटक पटक नेता तथा मन्त्रीहरु पुग्ने गरेका छन् तर काम भने प्रभावकारी रुपमा अहिले सम्म भएको छैन् । सबैले आश्वासन मात्रै दिने गरेकाले यहाँका स्थानियहरु निकै ठुलो पिडामा छन् ।

    बुधबार, भदौ २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.