काठमाडौं । बुधबार काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा विहानैदेखि घाम लागेको छ । आज देशभर सामान्य देखि पूर्णतया वदली रही प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का पानी पर्ने सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा भारतको मध्यप्रदेश र विधार्वा आसपास अवस्थित न्युन चापिय क्षेत्रको प्रभाव रहेको छ।साथै मनसुन न्यून चापिय रेखा औसत स्थान नजिक रहेको देखिन्छ ।
आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । त्यस्तैगण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ ।
आज राति देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ । बाग्मती प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ ।
