काठमाडौं – संघीय संसदका दुवै सदनको अधिवेश बुधबार बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा बैठक आह्वान गरेकी हुन् । बैठक बुधबार अपराह्न ४ बजेका लागि बोलाइएको छ ।
संघीय संसद सचिवालयले पहिलो बैठकमा हुने सम्भावित कार्यसूची पनि सार्वजनिक गरेको छ । बैठकमा बजेटसहितका १३ अध्यादेश स्वीकृतिका लागि पेस गरिनेछ ।
सार्वजनिक कार्यसूची अनुसार बैठकमा पेस गरिने अध्यादेशमा दल विभाजनसम्बन्धी अध्यादेश, शपथसम्बन्धी अध्यादेश, रेल्वे अध्यादेश, औषधिसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थलाई नियमन गर्नेसम्बन्धी अध्यादेश, नागरिकता अध्यादेश, यौन हिंसाविरुद्धका केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेश रहेका छन् ।
