• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

दार्चुला तुइन घटना सम्बन्धी प्रतिवेदन संसदमा पेश हुँदैं


  •   बुधबार, भदौ २३, २०७८ मा प्रकाशित
  • काठमाडौं । आज देखि शुरु हुन लागेको संसद अधिवेशनमा सरकारले ‘दार्चुला घटनासम्बन्धी छानबिन प्रतिवेदन’ पेश गर्ने भएको छ । गृहमन्त्री बालकृष्ण खाँडले संसदको आजको बैठकमा यस सम्वन्धि प्रतिवेदन पेश गर्न लागेका हन् । गत साउन १५ गते दार्चुलामा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनबाट काटिदिँदा ३३ वर्षीय जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका थिए ।

    Advertisement

    यस घटनामा सरकार मौन रहेको र भारतीय पक्षलाई जोगाउन खोजेको भन्दै प्रतिपक्ष एमालेले संसदमै विराधे जनाएको थियो । उसले संसदीय छानविन समिति बनाउन माग गर्ने देखि वक्तब्य दिएर समेत सरकारको विरोध गरेको थियो । घटनाबारे छानबिन गर्न सरकारले १७ साउनमा गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा मन्त्रीस्तरिय समिति गठन गरेको थियो । समितिले १५ भदौमा गृहमन्त्री खाँडलाई छानबिन प्रतिवेदन बुझाएको थियो ।

    उक्त प्रतिवेदन सरकारले अहिलेसम्म सार्वजनिक गरेको छैन् । यद्यपी, प्रतिवेदनमा तुइन काट्ने कार्यमा एसएसबीको संलग्नता देखिएको भन्दै कुटनीतिक माध्यमबाट क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्न सरकारलाई सुझाव दिएको थियो । धामीको परिवारको शिक्षादिक्षा र पालन पोषणको जिम्मा सरकारले लिन पर्ने पनि प्रतिवेदनमा सुझावमा उल्लेख गरिएको थियो । छानविन समितिको सुझावका आधारमा गृहले परराष्ट्र मन्त्रालयलाई यस सम्वन्धमा भारत सरकारसँग कुनटनीतिक पत्राचार गर्न आग्रह सहित पठाएपछि परराष्ट्रले भारतलाई कूटनीतिक नोट पठाएको छ ।

    परराष्ट्रले शुक्रबार नेपालस्थित भारतीय दूतावासमार्फत भारतलाई यस सम्वनधमा कुटनीतिक नोट पठाएको हो ।  नेपाली नागरिक जयसिंह धामीलाई महाकाली नदीमा खसाउने घटनामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) को संलग्नता रहेको प्रष्ट किटान सहित परराष्टले भारतलाई कुटनीतिक नोट पठाएको हो ।  गृह मन्त्रालयद्वारा गठित छानबिन समितिको प्रतिवेदनलाई उद्दरण गर्दै सरकारले एसएसबीको ‘उपस्थिति र संलग्नतामा’ तुइन घटना भएको जानकारी भारतलाई दिएको छ ।

    ‘नेपाल सरकार, परराष्ट्र मन्त्रालय काठमाडौंस्थित भारतीय दूतावासलाई यो जानकारी गराउँदछ कि दार्चुलाको व्यास गाउँपालिका–२ निवासी नेपाली नागरिक जयसिंह धामी २०२१ जुलाई ३० मा तुइनमार्फत नेपालको मालघाटबाट भारततर्फ महाकाली नदी पार गर्ने क्रममा खसेका हुन्, उक्त घटनाबारे अनुसन्धान गर्न नेपाल सरकार गृह मन्त्रालयद्वारा गठित समितिले प्रत्यक्षदर्शीको भनाइ, परिस्थिति र तथ्यहरूका आधारमा उनी बेपत्ता भएको विषयमा बुझाएको प्रतिवेदनमा उक्त घटना सशस्त्र सीमा बल (एसएसबी) को उपस्थिति र संलग्नता (प्रेजेन्स एन्ड इन्भल्भमेन्ट) मा भएको परराष्ट्र मन्त्रालय जानकारी गराउँदछ ।’ भारतलाई नेपालले लेखेको कुटनीतिक नोटमा उल्लेख छ ।

    भारतले यस सम्वन्धमा यस अगाडी आफुहरुलाई कुनै जानकारी नभएको जानकारी दिएको थियो । तर कुटनीतिक नोटमार्फत जानकारी भारतलाई पठाएपछि भने यस सम्वन्धमा भारतको औपचारिक कुनै टिप्पणी आईसकेको छैन् । सरकारले गठन गरेको छानविन समितिले भारतको संग्लन्नतालाई प्रष्ट देखाउन नसकेको र घटनालाई थामथुम पार्न १० लाख परिवारलाई दिएर क्षतिपूर्ति दिन खोजेको भन्दै एमालेले विरोध गरिरहेको थियो ।

    सरकारी प्रतिवेदनमा के छ ? भन्ने आम प्रश्न उठिरहेका बेला गृहमन्त्री खाँडले आज संसदको बैठकमा यस सम्वन्धी छानविन गर्न गठन भएको समितिको प्रतिवेदन सार्वजनिक गर्न लागेका हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य अतहर कमाल मुसलबानले गृहमन्त्रीले संसदको आजको बैठकमा छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न लागेको बताए । ‘दार्चुला घटनासम्बन्धी प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाडले संसदमा आज प्रतिवेदन पेस गर्नुहुन्छ,’ मुसलमानले भने ।

    बुधबार, भदौ २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.