भरतपुर १०।चितवन। बिगत लामो समयदेखि प्रत्येक शनिबार सैदान्तिक कक्षा सञ्चालन गर्दै आएको त्रिवेणी ड्राइभिङ्गले अब प्रत्येक शनिबार लाइसेन्सको प्रयोगात्मक-डेमो परिक्षा पनि सञ्चालन गर्ने भएको छ। बिहान ८ बजेदेखि सुचारु हुने सो कक्षाको लागि गौंडाकोट देखि चौबिसकोठि,हाकिमचोक हुदै यज्ञपुरि स्थित त्रिवेणी प्रि-टेष्ट सेन्टर सम्म ७:३० बजे निशुल्क यातायात सेवा पनि राखिएको छ। यस्ले प्रयोगात्मक परीक्षा(ट्रायल) र लिखित परिक्षामा समाबेश हुन तयार रहेका प्रशिक्षार्थीको आत्मबल बढाउने बिश्वास लिएको त्रिवेणी ड्राइभिङ्गका संचालक महेश पौडेलले जानकारी दिनु भयो।

ड्राइभिङ्गका सह-सञ्चालक राज पौडेलका अनुसार आफूसँग ड्राइभिङ्ग सिक्न आएका प्रशिक्षार्थीलाई प्रत्यक शनिबार परिक्षा लिने बताउनु भयो। बेसिक, एडभान्स,ट्रायल कोर्ष,आदि किसिमका प्याकेज लिएका प्रशिक्षार्थीले सो परिक्षामा समाबेश हुन पाउनेछन्। यस्ले ड्राइभिङ्ग सिक्न आएका प्रशिक्षार्थीलाई परिक्षासगँ अभ्यस्त बनाउन मदत गर्ने छ। बाटोमा निर्धक्क तवरले सवारी हाक्न सक्ने चालकपनि लाइसेन्सको परिक्षामा असफल हुन्छ। यस्को मुख्य कारण भनेको परिक्षा दिनुभन्दा अगाडि कुनैपनि तयारी नगर्नु हो।

सो समस्यालाई केहि हदसम्म घटाउने आसाले डेमो परिक्षा लिने तयारि अगाडि सारेको पौडेल ले बताउनु भयो । प्रशिक्षण गरिरहेका बिध्यार्थीहरू जब निर्धक्क एक्लै हाक्न सक्ने हुन्छन् त्यसपछि उनिहरुलाई १\२ दिन अगाडि परिक्षाको मिति तोकिने छ। सो दिन यदि उनीहरु नयाँ सवारी चालक अनुमतिपत्र लिने वर्गको हुन भने उनीहरुको पहिला लिखित परिक्षा लिइन्छ र त्यपछि प्रयोगात्मक परीक्षा(ट्रायल) लिइन्छ। प्रत्येक कर्मचारीलाई सेफ्टि ज्याकेट,सिट्टि दिइने छ। नयाँ मापदण्ड अनुसार रिपोर्ट कार्ड बनाइने छ र अन्तिममा नतीजा तत्काल उपलब्ध गराईने छ। पास भएमा हरियो झण्डा र फेल भएमा रातो झण्डा देखाइने छ। यसो गर्दा बिध्यार्थीमा परिक्षा भनेपछि उत्पन्न हुने डरको भावना हराउने र परिक्षा निर्धक्क तवरले दिन सक्ने त्रिवेणी ड्राइभिङ्गले जनाएको छ ।

