चितवनमा ४० वर्ष माथिका व्यक्तिहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन थालिएको छ । सो अनुसार हिजो पहिलो दिन २४ हजार भन्दा बढीले खोप लगाएका छन् । स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको सूचना अनुसार जिल्लाका ७ पालिकामा चलेको खोप अभियानमा २४ हजार ८ सय ४१ जनाले खोप लगाएका हुन् ।
तीमध्य १४ हजार ५ सय ६४ महिला, १० हजार २ सय ७७ पुरुष रहेका छन् । योसंगै जिल्लामा कोरोना भाइरसविरुद्धको खोप लगाउनेको कुल संख्या ४२ हजार ५ सय ७३ पुगेको छ । कोभिड –१९ (कोरोना भाइरस) संक्रमण न्युनिकरणका लागि खोप लगाइएको हो । जिल्लामा एष्ट्राजेखिका र भेरोसेलको खोप लगाईएको छ । आजको रिपोर्ट आउन बाकी छ ।
