काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले हरितालिका तीजका अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन्।
बिहिबार प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत तीजले नेपाली समाजमा विद्यमान लैङ्गिक जातीय वर्गीय विभेद र सबै किसिमका असमानता अन्त्य गर्दै सामाजिक सद्भाव, सहिष्णुता र मेलमिलाप बढाई समुन्नत समाजको निर्माणमा अभिवृद्धि गर्न उत्प्रेरित गरोस् भन्ने शुभकामना दिएका छन्। प्रधानमन्त्री देउवाले स्वास्थ्य मापदण्डको पालना गरी तिज मनाउन आह्वान पनि गरेका छन् ।
शुभकामना सन्देशमा प्रधानमन्त्री देउवाले कोरोनाको कारण हर्षोल्लासपूर्वक पारिवारिक जमघट साथ तिज मनाउन नपाए पनि स्वास्थ्य मापदण्डको पालना गरी मौलिकता र सांस्कृतिक महत्वको जगेर्ना गर्दै तिज मनाउन अनुरोध गरेका हुन् ।
