काठमाडौँ – मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फातिमा जेड सुमार काठमाडौं आइपुगेकी छिन् ।
उनी चार दिने भ्रमणको लागि आज नेपाल आएकी हुन् । उनीसँगै उपाध्यक्ष जोनाथन ब्रुक्स पनि साथमा छन्।
नेपालमा एमसिसीको विरोधसमेत भइरहेको र सुमारको भ्रमणमा विरोध प्रदर्शन हुनसक्ने आँकलन गर्दै सुरक्षा व्यवस्था कडा पारिएको हो । सुमारले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ ।
