काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।
बिहिबार प्रधानमन्त्री देउवालाई भेट गर्न नेता पौडेलसहितका नेताहरु सरकारी निवास बालुवाटार पुगेका थिए । उनीहरुबीच पार्टीको १४ औँ महाधिवेशन, क्रियाशिल सदस्यता विवाद, मन्त्रिपरिषद् विस्तार लगायतका बिषयमा छलफल भएको जनाइएको छ ।
उनीहरुबीच क्रियाशील सदस्यता विवाद टुङ्गाउन बाँकी रहेका २० जिल्लाको समस्या समाधान गर्ने बिषयमा छलफल भएको छ । भदौ १८ गतेदेखि शुरु भएको कांग्रेसको वडा अधिवेशन अझै सकिएको छैन ।
२१ जिल्लामा अधिवेशनबारे अझै अन्योल नै छ । अहिलेसम्म ५६ जिल्लामा मात्रै अधिवेशन भएका छन् । प्रधानमन्त्री देउवा र नेता पौडेलबीच आज यस बिषयमा छलफल भएको छ ।
