काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
बिहिबार बिपी कोइरालाको १०८औं जन्मजयन्तीको अवसरमा बिपी संग्रहालयमा आयोजित कार्यक्रममा शर्माले महामन्त्रीमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
उनले उम्मेदवारी घोषणा गर्दै युवा नेताको नेतृत्वमा कांग्रेसलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाउने बताए । उनले १५ वर्षसम्म काँग्रेसलाई सरकार सञ्चालनको परिकल्पनाका साथ र बीपीले कल्पना गरेको विकासको मोडल साकार गर्न महामन्त्रीमा उम्मेदवारी दिएको बताए ।
आगामी ९ देखि १३ मंसिरमा कांग्रेसको १४औं महाधिवेशन गर्दैछ । कांग्रेस नेता युवा नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । यस्तै युवा नेता प्रदीप पौडेलले पनि महामन्त्रीमा उम्मेदवारी दिने बताएका छन् ।
