काठमाडौं – प्रतिनिधिसभाको नवौँ अधिवेशनको दोस्रो बैठक आज बस्दैछ । दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा एक दर्जन अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।
बैठकमा आर्थिक, राष्ट्र ऋण उठाउने, विनियोजन लगायतका एक दर्जन अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ । नवौँ अधिवेशन बुधबार शुरु भएको थियो ।
यसअघिको बैठकमा प्रमुख प्रतिपक्षी एमालेका सांसदले नाराबाजी गरेका थिए। नाराबाजीका बीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस भएको थियो ।



