काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का उपाध्यक्ष फतिमा सुमार बिहिबार नेपाल आएलगत्तै राजनीतिक भेटघाटमा व्यस्त छिन् ।
शुक्रबार पनि फतिमा नेतृत्वको प्रतिनिधिमण्डलले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने भएको छ ।
बिहिबार फतिमा नेतृत्वको प्रतिनिधिमण्डलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेको थियो । बालकोटमा भएको उक्त शिष्टाचार भेटमा ओलीले सभामुखको भूमिकाका कारण एमसीसी अघि बढ्न नसकेको बताएका थिए ।
यस्तै बिहिबार नै फतिमा नेतृत्वको प्रतिनिधिमण्डलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवलाई पनि भेट गरेको थियो ।
उनीहरुसँग पनि फातिमाले एमसीसी कार्यान्वयनका विषयमा सहयोग गर्न आग्रह गरेकी थिईन् । चार दिने भ्रमणमा रहेकी फातिमाले अन्य नेताहरुलाई पनि भेट गर्ने कार्यक्रम रहेको छ ।
