काठमाडौं । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले तीन पटक बैठक स्थगित गर्न पर्यो ।
शुक्रबार बसेको तीनवटै बैठकमा एमाले सांसदहरूले एमाले फुटाउन सभामुख सापकोटाको भूमिका रहेको भन्दै नाराबाजी गरिरहे । सभामुख सापकोटाले बैठक सञ्चालनका लागि सहयोग गर्न बारम्बार अनुरोध गरे पनि कुनै सांसदले टेरेनन् , नाराबाजी गरिरहे।
नाराबाजी गर्न नछोडेपछि सभामुख सापकोटाले नेपकिपाका सांसद प्रेम सुवाललाई आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन अध्यादेशलाई अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गर्न समय दिएका थिए । ती अध्यादेशलाई बैठकले स्वीकृत ग¥यो ।
शुक्रबारकै तेस्रो पटक बसेको बैठकमा नाराबाजी गरिरहेका एमाले सांसदहरू रोस्ट्रममा उक्लिन खोज्दा मर्यादापालक र सांसदहरूबीच लामो समय घम्साघम्सी चल्यो । घम्साघम्सीकैबीच विधेयकहरू पेस गर्दा अर्थमन्त्री जनार्दन शर्मा आत्तिए ।
सांसदहरु रोष्टमा आउने प्रयास गरे । सांसदहरुले मर्यादापालकलाई घचेट्दै घोडा पनि चढ्न थाले । एमालेकी सांसद रेखा कुमारीले गृहमन्त्री बालकृष्ण खाँणको टेबुलको माइक तानेर रोष्ट्रमतर्फ फ्याक्न प्रयास पनि गरिन् । तर, उनलाई अन्य सांसद र मर्यादापालकले रोकेर दुर्घटनाबाट जोगाए । बैठकपछि पत्रकारहरुसँगको कुराकानीमा सांसद रेखा कुमारीले आफुले सभामुख सापकोटा र गृहमन्त्री खाँडलाई हान्न खोजेको बताइन् ।
सभामुखको टाउको फुटाउने अवस्था भएको बताउदै उनले यस्तो गैरसंवैधानिक गतिविधि गर्न नपाइने भन्दै संसदको मर्यादापदीय मर्यादा सभामुखले राख्न नसकेको प्रति विरोध गर्नुपर्ने बताइन् ।
