चितवन । नेकपा (एकिकृत समाजबादी) चितवनको अध्यक्ष डा. कृष्णराज पन्त चयन भएका छन् । आज ( शुक्रबार ) भरतपुरमा गरिएको संयुक्त वैठक एबं कमिटि रुपान्तरण कार्यक्रममा उपाध्यक्षमा अरुणपिडित भण्डारी, कृष्णराज न्यौपाने “लब्ली”, सचिबमा कुलप्रसाद लामिछाने, सह सचिबमा दिव्या शर्मा आचार्य सहित २ सय २५ सदस्यिय जिल्ला कार्य समिति गठन भएको छ ।
गठन भएको समिति र जिल्ला कमिटिको बैठकको निर्णय अनुसार अन्य पदाधिकारी र सचिबालय सदस्यहरु रहने छन् । यस्तै कार्यक्रममा समाजबादीको महानगर कमिटि समेत गठन गरेको छ । महानगर कमिटिको अध्यक्षमा विष्णुराज महत्तो, उपाध्यक्ष केशबराज पोख्रेल, सह सचिबमा सोभा पण्डीतलाई चयन भएका छन् । महानगर समितिमा १ सय ६८ सदस्य रहने छन् । कार्यक्रमका प्रमुख अतिथि नेकपा (एकिकृत समाजबादी)का स्थायी कमिटि सदस्य राजेन्द्र पाण्डेले निर्वाचन चुनाब चिन्हले जित्ने नभई जनताको मनले जित्न सकिने वताए ।
उनले केपी ओलीले जनआन्दोलनको मर्म बिपरित काम गरेको आरोप समेत लगाएका छन् । केपि ओलीले जनताको तागतबाट ल्याएको संबिधानको रक्षा गर्न नसकेको भन्दै त्यसको रक्षाका लागि आँफुहरु अग्रसर वन्नु परेको बताए । ओली नेतृत्वको सरकारले ल्याएको वजेट जनहित बिपरित रहेको भन्दै उनले यसलाई संसोधन गरी जनपक्षिय वनाउन आबश्यक रहेको जानकारी दिए ।
कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रदेश कमिटी इन्चार्ज केदार न्यौपानेले नवगठिक जिल्ला कमिटी र महानगर कमिटीलाई पद तथा गोपनियताको सपथग्रहण गराएका थिए । कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश सांसद कृष्णप्रसाद खनाल, प्रदेश सांसद पार्वती सिलवाल, अनेरास्ववियुका जिल्ला अध्यक्ष साकार लामा लगायतले मन्तव्य राखेका थिए ।
