चितवनको भरतपुर महानगरपालिकाभित्र जग्गाको सरकारी मुुल्यांकन नै प्रतिकट्ठा २ करोड ८० लाख रुपैयाँसम्म तोकिएको छ । भरतपुरको लायन्स चोकबाट शहिद चोक, पुल्चोक हुँदै नारायणी पुलसम्मका महेन्द्र राजमार्गसँग जोडिएका घडेरीको मूल्यांकन प्रतिकट्ठा २ करोड ८० लाख तोकिएको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको अध्यक्षतामा असार २५ गते बसेको मूल्यांकन समितिले आर्थिक वर्ष ०७८/७९ का लागि जग्गा किनबेचमा रजिष्ट्रेसन पारितका लागि न्यूनतम मूल्यांकन तोकेको हो ।
मुग्लिन नारायणगढ राजमार्ग वडा नं. १, ३ सिमानबाट पुलचोकसम्मका घडेरी जग्गाको न्यूनतम मूल्यांकन प्रतिकट्ठा २ करोड १६ लाख रुपैयाँ तोकिएको छ । यस्तै, शहिदचोक (महेन्द्र राजमार्ग) बाट बालकुमारी मावि जाने चोकसम्मको जग्गाको न्यूनतम मूल्यांकन पनि २ करोड १६ लाख नै निर्धारण गरिएको छ ।
गंगादेवी मार्ग, शहिदमार्ग (क), शुक्रमार्ग (जुनहल लाइन) भृकुटी मार्ग (क), पुतली बजार मार्ग, पुतली बजार मार्ग (क), इन्द्रदेव मार्ग, कमलनारायण मार्ग, हङकङ मार्ग, लायन्सचोकबाट नमस्ते चोक, बालकुमारी मार्ग, बालकुमारी कन्या मार्गका घडेरी जग्गाको न्यूनतम मूल्यांकन १ करोड ४० लाख निर्धारण गरिएको छ ।
महेन्द्र राजमार्गमा पर्ने नहरदेखि पुँगी खोलासम्मका घडेरी जग्गाको मूल्यांकन १ करोड ७ लाख रुपैयाँ, बालकुमार चोक हुँदै वडा नम्बर १ सिमानासम्मका पिच सडकमा जोडिएका घडेरी जग्गाको मूल्यांकन प्रतिकट्ठा ९७ लाख रुपैयाँ निर्धारण गरिएको छ ।
मुग्लिन नारायणगढ राजमार्गमा पर्ने पोखरा बसपार्कबाट वडा नम्बर ३ सिमानासम्मका घडेरी जग्गाको न्यूनतम मूल्यांकन प्रतिकट्ठा १ करोड ५१ लाख रुपैयाँ, दियालो मार्ग पोखरा बसपार्कबाट भानु मावि गैरेश्वर मन्दिर हुँदै लिला चोकसम्मका घडेरी जग्गाको मूल्यांकन ९० लाख ५० हजार रुपैयाँ तोकिएको छ ।
मुग्लिन नारायणगढ राजमार्ग नारायणी लिफ्ट सिचाइको नहरबाट पोखरा बसपार्क हुँदै क्षयरोग चोकसम्मका घडेरी जग्गाको मूल्यांकन १ करोड ४० लाख रुपैयाँ तोकिएको छ भने क्षयरोग चोकबाट (प्रगती सडक) बालकुमार कन्या मावि चोक वडा नम्बर ३ सिमानासम्मका पिच सकडका घडेरी जग्गाको मूल्यांकन ९७ लाख तोकिएको छ ।
नमस्ते चोक मितेरी चोक, भानुचोक, आदर्श चोक हुँदै पोखरा बसपार्क नहरचोक क्षेत्रपुर मार्गसम्म पिच सडकमा जोडिएका जग्गा र राजमार्ग नारायणी लिफ्ट सिचाइ नहरबाट मिल्स एरिया, नेपालचोक वडा कार्यालय चोक, तिनकुने चोक हुँदै वाइपास सडक पिच सडकमा जोडिएका क्षेत्रपुर शान्तिमार्ग रामेश्वर मार्ग (ख), तिनखोले बुद्धटोल मार्ग (क) का घडेरी जग्गाको न्यूनतम मूल्यांकन प्रतिकट्ठा ९० लाख ५० हजार निर्धारण गरिएको छ ।
पोखरा बसपार्कबाट आदर्शचोक हुँदै तीनकुने चोकसम्म आदर्श मार्ग (घ) र बिक्रम मार्ग पिच सडकसँग जोडिएका जग्गाको न्यूनतम मूल्यांकन प्रतिकट्ठा ८६ लाख २५ हजार रुपैयाँ रहेको छ ।
लायन्स चोक, शहिद चोक, पुलचोक हुँदै नारायणी पुलसम्म (सहित पथ)का राजमार्गसँग जोडिएका जग्गाको न्यूनतम मूल्यांकन प्रतिकट्ठा २ करोड ५९ लाख तोकिएको छ भने महेन्द्र राजमार्ग पर्ने नहरदेखि पुइँ खोलासम्मका जग्गाको १ करोड ७ लाख ८० हजार, शहिद चोकबाट वेलचोकसम्म (सँगम सडक) का पिच सडकमा जोडिएका घडेरी जग्गा र पुलचोकबाट साइरन क्लबसम्म जोडिएका घडेरी जग्गाको न्यूनतम सरकारी मूल्यांकन प्रतिकट्ठा ९७ लाख रुपैयाँ तोकिएको छ ।
राजमार्गबाट खोलिएका पिच सडकहरु (आनन्द मार्ग क) विशाल मार्ग (क), विकास मार्ग (क), कमलनगर मार्ग, हिमालय बैंक चोकबाट नेका पार्टी कार्यालय हुँदै कमलनगर मार्गसम्म जोडिने सडक तथा राजमार्गबाट खोलिएका अन्य सडकहरुमा रहेको जग्गाको मूल्यांकन ९० लाख ५० हजार रुपैयाँ तोकिएको छ ।
साइरन क्लबबाट भानुमार्ग चोक (न्यू सडक) सम्मका पिच सडकसँग जोडिएका घडेरीको न्यूनतम मूल्यांकन प्रतिकट्ठा ८६ लाख २५ हजार रहेको छ भने बेलचोकबाट १ नम्बर पुलसम्म पिच सडकको घडेरी जग्गाको मूल्यांकन ८१ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
महेन्द्र राजमार्गमा भरतपुर ओरालोको नारायणी लिफ्ट सिचाइको कल्भर्टदेखि विरेन्द्र क्याम्पस चोक हुँदै चौबिस कोठी चोकसम्म, चौविस कोठीदेखि रिजाल चोकसम्म राजमार्गका जग्गा र रिजाल चोकदेखि हाकिम चोक हुँदै भरतपुर केन्द्रिय बस टर्मिनल चोकसम्मका राजमार्गका जग्गाहरुको सरकारी मूल्यांकन प्रतिकट्ठा ९२ लाख ४० हजार रुपैयाँ तोकिएको छ ।नेपाल होम्सबाट
