काठमाडौं – प्रतिनिधिसभाको नवौँ अधिवेशनको दोस्रो बैठक शुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक शुरु भए लगत्तै नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरु भएको बताउने बित्तिकै एमालेका सांसदहरु आफ्नो सिटबाट उठेर नाराबाजी गरेका हुन् ।
उनीहरुले पार्टी फुटाउन पाइदैन , संसदीय मर्यादा कायम गर लगायतका नारा लगाएका छन् । सभामुख सापकोटाले सबै सांसदहरुलाई सहज बाटोमा गई निष्कर्षमा पुग्न सकिने बताएका छन् ।
यहीक्रममा सभामुख सापकोटाले संविधानको धारा १०५ स्मरण गराएका छन् । यसअघिको बैठकमा पनि एमालेका सांसदले नाराबाजी गरेका थिए। नाराबाजीका बीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस भएको थियो ।
