• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

तपाइँको सम्पत्तिलाई बैंकले कति ऋण दिन्छ ? यसरी गर्नुहोस् स्वमूल्यांकन


  •   आइतबार, भदौ २७, २०७८ मा प्रकाशित
  • तपाइलाई कुनै पनि बैंकले सम्पत्ति धितो नराखी ऋण पत्याउँदैनन् । यदि तपाइ वा परिवारका सदस्यको नाममा धितो राख्‍ने सम्पत्ति नभए बैंकमा ऋण लिन जानु बेकार हुन्छ ।

    Advertisement

    बैंकले कुनै पनि प्रकारको घरकर्जामा सम्पत्तिलाई नै धितो सुरक्षणका रूपमा राख्‍ने भएकोले भएकाले त्यस्तो सम्पत्तिको अनुमानित मूल्यांकन थाहा पाउनु राम्रो हुन्छ ।

    बैंकले सम्पत्तिको सरकारी मूल्य र बजार मूल्यबीच भेलुएसन गरेर औसत मुल्यांकन निकाली कर्जा प्रवाह गर्ने एनएमबि बैंककी कर्पोरेट रिलेसनसीप म्यानेजर श्रद्धा अमात्यको भनाइ छ ।

    त्यही मूल्यका आधार बैंक र वित्तीय संस्थाहरूले तपाइलाइ ऋण दिने कि नदिने, कति रकम दिनेलगायत कुरा तय गर्छन् । त्यसैले घरजग्गा ऋण लेनदेनमा सम्पत्तिको मूल्यांकन महत्वपूर्ण विषय हो ।

    बैंकले नियुक्त गरेका इन्जिनियरले फिल्डमा पुगेर तपाइको धितो राख्‍ने सम्पत्तिको मूल्यांकन गर्छन् ।

    तपाइले बैंकमा ऋणको प्रकृया सुरु गर्नुअघि आफ्नो सम्पत्ति धितो राखेर बैंकले कतिसम्म ऋण दिन सक्छन भनेर आफै पनि स्वमूल्यांकन गर्न सक्नुहुन्छ । हामी तपाइलाई बैंकले धितो मुल्यांकन कसरी गर्छ भनेर जानकारी गराउँदै छौं जसले तपाइलाई बैंकमा ऋणको प्रकृया सुरु गर्नुअघि बैंकले कतिसम्म ऋण दिन सक्छन भनेर पहिल्यै अनुमान लगाउन सजिलो हुन्छ ।

    यसरी गरिन्छ धितो मूल्यांकन

    धितो मुल्यांकन गर्ने सबै बैंकका आ–आफ्नो नीति हुन्छन् । नेपाल राष्‍ट्र बैंकले गरेको निर्देशनभित्र रहेर बैंकले आफ्नै नीति बनाएका हुन्छन् ।

    बैंकले नियुक्त गरेका इञ्जिनियरले साइटमै पुगेर जग्गाको नापजाँचदेखि चलनचल्तीको बजार भाउ पनि बुझ्‍ने गर्छन । र, सरकारकाले निर्धारण गरेको मूल्य (थैली रकम) र चलनचल्तीको भाउबाट फेयर मार्केट भ्यालु निकाल्छन् ।

    हरेक मालपोत कार्यालयले आफ्नो क्षेत्रभित्र पर्ने जग्गाको बर्षेनी न्यूनतम मूल्यांकन गरेर प्रकाशित गरेका हुन्छन् । तपाइले आफ्नो जग्गाको सरकारी मूल्यांकन कति रहेछ भनेर जान्‍नका लागि भूमि व्यवस्थापन तथा अभिलेख विभागको वेभसाइट लगइन गरेर हेर्न सक्नुहुन्छ । आफ्नो जग्गा कुन जिल्लाको कुन मालपोत कार्यालयमा कारोबार हुन्छ, त्यही मालपोत कार्यालय क्लिक गरेपछि तपाइले आफ्नो जग्गाको सरकारी मूल्यांकन थाहा पाउन सक्नुहुन्छ ।

    घरजग्गाको मूल्यांकन गर्दा बैंकले चलनचल्तीको भाउलाई बढी हेर्ने गर्छन् । तपाइले आफ्नो सम्पत्ति भएको ठाउँमा बजार मूल्य कति चलेको छ भनेर आफै बुझ्‍न सक्नुहुन्छ ।

    तपाइले सरकारी मूल्यांकन र बजार मूल्य थाहा पाइसक्नुभयो । अब फेयर मार्केट भ्यालु (औसत मूल्यांकन) कसरी निकाल्ने त ? त्यो पनि हामी जानकारी गराउँछौं ।

    जहाँ पनि चलनचल्तीको बजार भाउको तुलनामा सरकारी मूल्यांकन निकै कम हुने गर्छ । बजार मूल्य किनबेचको आधारमा तय भएको हुन्छ ।

    धेरैजसो बैंकहरुले सकारी मुल्यांकनको ३० प्रतिशत र बजार भाउको ७० प्रतिशतबाट फेयर मार्केट भ्यालु निकाल्ने गरेका छन् । कतिपय बैंकले सरकारी मूल्यांकनको १० देखि ३० प्रतिशतसम्म र बजार भाउको ६० देखि ९० प्रतिशतलाई आधार बनाएर फेयर मार्केट भ्यालु निकाल्ने गर्छन् ।
    र, त्यही फेयर मार्केट भ्यालुको तपाइलाई बढीमा ६० प्रतिशतसम्म घरकर्जा दिने गर्छन् ।

    उदाहरणका लागि, मानौं तपाइको सम्पत्तिको बजार मूल्य १ करोड र सरकारी मुल्यांकन ३० लाख रुपैयाँ छ । सो सम्पत्तिको बजार मूल्य १ करोड रुपैयाँको ७० प्रतिशत अर्थात् ७० लाख रुपैयाँ र सरकारी मुल्यांकन ३० लाखको ३० प्रतिशत अर्थात् ९ लाख रुपैयाँ पर्न आउँछ ।

    अब तपाईंले खरिद गर्न चाहेको घरजग्गाको फेयर मार्केट भ्यालु ७० लाख र ९ लाख गरी ७९ लाख रुपैयाँ हुन आयो । बैंकले फस्ट होम बायर र व्यवस्थित आवास क्षेत्रका घरजग्गाका लागि ६० प्रतिशतसम्म कर्जा लगानी गर्छन् । बाँकीको हकमा ५० प्रतिशत कर्जा लगानी गर्ने व्यवस्था छ ।

    यसको मतलब, तपाइको सम्पत्ति धितो राखेर बैंकले तपाइलाई करीव ४० लाख रुपैयाँ ऋण दिन सक्छन् । नेपाल्होम्स बाट

    आइतबार, भदौ २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.