काठमाडौं । आइतबार काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा बिहानैदेखि घाम लागेको छ । आज देशको पहाडी भू-भागमा सामान्य बदली र तराई भ-ूभागमा आँशिक बदलीको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा भारतको पुर्वी राजस्थानमा आसपासमा अवस्थित न्युन चापिय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भुभागमा अवस्थित न्युन चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापिय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको देखिन्छ ।
आज दिउँसो देशको अधिकांश भू-भागमा सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । आज राति पनि देशभर आँशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ ।
