कलेजले कोरोना महामारीमा समयमा शुल्क छुट नदिएको भन्दै नेपाल पोलिटेक्निक इन्ष्टिच्यूट भोजाडमा विद्यार्थी आन्दोलित भएका छन् । कोरोनाका समयमा प्रभावकारी अनलाइन कक्षा संचालन नभएको भन्दै विद्यार्थीले शुल्क छुटको माग गरेका हुन् । उनिहरले सेमेस्टरको शुल्कको २५ प्रतिशत छुट हुनुपर्ने माग गदै कलेजमा तालावन्दी गरेका छन् । विभिन्न संगठनको समर्थनमा उनिहरुले शुल्क छुट र गत बर्ष असोजमा भएको सेमेस्टरको निष्पक्ष परिक्षाफल प्रकाशितको समेत माग राखेका छन् । शुल्क छुटको माग गदै उनिहरुले विगतमा पनि आन्दोलनमा उत्रिएका थिए ।
विद्यार्थीका अनुसार पुर्वाञ्चल विश्वविद्यालयले २०७७ असोज १६ गते देखि लिएको होमबेस अनलाइन परिक्षामा त्रुटि गरेकाले विद्यार्थी मारमा परेको बताएका छन् । यता कलेज प्रशासनले भने शुल्क घटाउन र्वोड बैठक मार्फत १० प्रतिशत ट्युसन शुल्क छुट दिने निर्णय गत शुक्रवार नै गरिसकिएको जनाएको छ । कलेजका प्रमख कार्यकारी निर्देशक शिव सुवेदीले विद्यार्थीले संयमित भएर वार्ता मार्फत विवादको विषय टुंगो लगाउन सकिने बताउनु भयो । साथै उहाँले विश्व विद्यालयले प्रकाशित गरेको परिक्षाफलमा केहि त्रुटि रहेकोले कलेज विद्यार्थीको यो मागमा गम्भिर रहेको बताउनुभयो । उहाँका अनुसार कलेज ६ दिन सम्म पुर्वाञ्चल विश्वविद्यालय प्रशासन संग वार्ता गरेको र प्रशासन माग सम्वोधनलाई लिएर सकरात्मक रहेको छ । नतिजामा भएको त्रुटि नसच्चिए विद्यार्थीलाई लिएर सर्वोच्च सम्म पुग्न सकिने उहाँको भनाई छ । समयमा नै त्रुटि सच्याएर विद्यार्थीको माग सम्बोधन हुनेमा आफुहरु विस्वस्त रहेको उहाँले बताउनुभयो ।
पुर्वाञ्चल विश्व विद्यालयले २०७७ असोज १६ गते सम्म १,३,५,७, र ९सेमेस्टरको होमबेस परिक्षा लिएको थियो । जसमा २ बजे सम्म उत्तरपुस्तिका बुझाउन समय दिइएको थियो । १ बजे सम्म पेश भएका उत्तरपुस्तिका मात्र परिक्षण गर्दा ७ र ९ सेमेस्टरको नतिजा अधुरो र त्रुटिपुर्ण आएको हो ।
