• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

झोलुङ्गे पुलसँग जोडिएको समृद्धि र विकासको आशा


  •   आइतबार, भदौ २७, २०७८ मा प्रकाशित
  • सुन्दा अनौठो लाग्न सक्छ, पुल भएका अवस्थामा आठ, १० मिनेटमा हिँडेरै वडा कार्यालय पुग्नसक्ने पोखरा महानगरपालिकाभित्रै वडा नं ३२ तल्लो गगनगौँडाका स्थानीयवासी अहिले भने त्यहाँ जान झण्डै एक घण्टा हिँड्नुपर्ने बाध्यतामा छन् ।

    Advertisement

    लामो समयदेखि चर्चामा रहेर पनि बन्न नसकेको तल्लो गगनडौडाको बाह्रसय चौतारा क्षेत्रको नवीन टोलबाट मालमूल फाँटको स्यालतहरा जोड्ने झोलुङ्गे पुल निर्माणका लागि गत वर्ष विस्तृत आयोजना प्रतिवेदन(डिपिआर) तयार भएपछि अब भन्ने बन्ने आशा जगाएको छ । यस क्षेत्रका लागि वडा कार्यालय जोड्नका लागि झेलुङ्गे पुल अपरिहार्य भएका अवस्थामा यस वर्षदेखि काम सुरु हुन्छ भन्ने कुराले आफूहरूलाई हर्षित बनाएको नवीन टोल विकास संस्थाका संस्थापक अध्यक्ष मुकुन्द घिमिरेले बताउनुभयो ।

    “तल्लो गगनगौँडा क्षेत्रका स्थानीयवासी पुलको अभावमा वडा कार्यालयसम्म आधा घण्टाभन्दा बढी हिँड्नुपर्ने बाध्यतामा छन्”, उहाँले भन्नुभयो, “पुल निर्माण सम्पन्न भएमा बाटो छोटिएर आठ÷१० मिनेटमा पुग्न सकिनेछ ।” कृषिजन्य उत्पादनमा तल्लो गगनगौडा, राजाचौतारा, मालमुल, देउराली आदि स्थान अब्बल मान्निछन् । तरकारीका साथै तेलहनको राम्रो उत्पादन हुने यस स्थानमा पुल बन्न सकेमा उत्पादित बस्तुको बिक्रीवितरणका लागि बजारसँग सहज पहुँच बढाउन सकिन्छ । तल्लो गगनगौँडा हुँदै पोखरा–काठमाडौँ जोड्ने पृथ्वीराजमार्ग गएको हुँदा पनि यस क्षेत्रका कृषिजन्य उत्पादनको सहज बजारीकरणका लागि पुल अपरिहार्य भएको स्थानीय युवा नवराज घिमिरेले बताउनुभयो ।

    पुल निर्माणस्थल रहेको क्षेत्र स्यालतहरामा गण्डकी प्रदेश सरकारले स्थापना गर्न लागेको गण्डकी विश्वविद्यालयले पनि आफ्ना शैक्षिक कार्यक्रम सुरु गर्न लागेका अवस्थामा गगनगौँडा क्षेत्रबाट अध्ययनका लागि जाने विद्यार्थीका लागि पनि पुल अपरिहार्य भएको उहाँको भनाइ छ । “गण्डकी विश्वविद्यालयमा पढ्न आउने विद्यार्थीका साथै वडाका विभिन्न काम लिएर आउने सर्वसाधारणलाई लक्षित गरी यथासक्य पुल निर्माणको कार्य अघि बढाउनुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो, “सङ्घीयताको मर्म र भावनाअनुरुप सेवाग्राहीलाई नजिकबाट सेवा प्रवाह गर्ने सरकारको लक्ष्यलाई साकार पार्न पनि पुलको निर्माणकार्य अविलम्ब सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।”

    तल्लो गगनगौँडाको लामे आहाल क्षेत्रमा निर्माण गर्ने भनिएको प्रदेश क्षेत्रीय बसपार्कका साथै भरतपोखरीको पुडिटारमा निर्माण गर्ने भनिएको प्रदेश औद्योगिक क्षेत्रसँग राजाचौतारा, मालमूल, बडहरे, सातमुहाने, डाँडा गाउँ, ढोडबेँसी, देउरालीलगायत स्थानको सिधा र सहज सम्पर्कका लागि पनि यहाँ झोलुङ्गे पुल अपरिहार्य ठानिएको छ । तल्लो गगनगौँडाबाट वडा कार्यालय जोड्ने गरी निर्माण गर्न लागिएको झोलुङ्गे पुल यस क्षेत्रको समृद्धि र विकासका लागि महत्वपूर्ण बन्ने पोखरा महानगरपालिका–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले जानकारी दिनुभयो ।

    विस्तृत आयोजना प्रतिवेदन(डिपिआर) अनुसार कूल २९० मिटर लम्बाइमा यो पुल बन्न लागेको उहाँले जानकारी दिनुभयो । गण्डकी विश्वविद्यलायको पठनपाठ सुरु हुने तयारी भइसकेको र तल्लो गगनगाँैडा र आसपासका क्षेत्रबाट वडा कार्यलयसँगको पहुँच सहज बनाउनका लागि पनि पुल निर्माण कार्यलाई चाँडो अघि बढाउनुपर्ने देखिएको उहाँले बताउनुभयो ।

    आइतबार, भदौ २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.