चितवन । नेकपा एमालेको विभाजन पछि नेकपा एकिकृत समाजवादी चितवनले एक भेला मार्फत जिल्ला कमिटी घोषणा गरे लग्तै नेकपा एस समर्थित अनेरास्ववियूले तिब्र गतिमा अभियान नै बनाएर सगंठन विस्तारमा लागेको अनेरास्ववियुका केन्द्रिय सदस्य सन्देश वाग्लेले जानकारी दिए ।
नेकपा (एकीकृत समाजवादी) पार्टीको भातृसंगठन अनेरास्ववियु चितवनले साविक अनेरास्ववियु चितवनको केपी ओली समुहको गढ मानिने सप्तगण्डकी बहुमुखी क्याम्पसमा एकीकृत समाजवादी समर्थित अनेरास्ववियुले केही समय अघि कमलदत्त कुमालको नेतृत्वमा क्याम्पस कमिटी गठन गरेको थियो ।
आज उक्त अभियान कै निरन्तरता अन्तर्गत अनेरास्ववियुले एनपिआई एनएसएचमा सन्दिप कुमार शाहको अध्यक्षतामा २१ सदस्यीय क्यामपस कमिटी गठन गरेको छ ।
एनपिआई-नारायणी सामुदायिक कलेजको भरतपुर-१२ स्थित भवनमा सम्पन्न उक्त भेलामा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य मिलन थापा, जिल्ला अघ्यक्ष साकार लामा र उपाध्यक्ष सुजन ढकाल जिल्ला कमिटि सदस्य राज कुमार यादबको आतिथ्यमा सम्पन्न भएको थियो।
अब नेकपा एकीकृत समाजवादी समर्थित अनेरास्ववियुले चितवनको विघार्थी आन्दोलनको नेतृत्व गर्ने र साथै अनेरास्ववियुको सगंठन चितवनका हरेक क्याम्पसहरु पनि छिट्टै विस्तार गर्ने सचिवालय सदस्य मिलन थापाले जानकारी दिए ।
