काठमाडौं – नेकपा एमालेका सांसदहरुले निरन्तर नाराबाजी गरेपछि आइतबार बसेको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ ।
एमाले सांसदहरूलाई संवादमा आउन आग्रह गरे पनि नाराबाजी चलिरहेपछि सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक भदौ २९ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।
आइतबार पहिलोपटक बसेको बैठकमा एमाले सांसदहरुको नाराबाजी भएपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको थियो ।
दोस्रोपटक बसेको बैठकमा पनि एमाले सांसदहरूको नाराबाजी कायम रहेपछि सभामुख सापकोटाले बाध्य भएर मंगलबारसम्मका लागि बैठक स्थगित गरेका हुन् । यसअघि बुधबार र बिहीबारको बैठक पनि एमाले सांसदहरुको नाराबाजी गरेका थिए ।
