काठमाडौं – गए राति जर्मन बुन्डेस लिगाअन्तर्गत भएको खेलमा बायर्न म्युनिखले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा बायर्नले आरबी लाइपजिगलाई ४–१ गोलले पराजित गरेको हो ।
उक्त खेलको १२औं मिनेटमा बायर्नका रोबर्ट लेवान्डोस्कीले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ४७औं मिनेटमा बायर्नका जमल मुसिआलाले गोल गरी टिमलाई अग्रता दोब्बर बनाए ।
त्यसपछि ५४औं मिनेटमा लोरी सानेले गोल गरे भने आरबी लाइपजिगका कोर्नार्ड लिमेरले खेलको ५८ औं मिनेटमा गोल फर्काए ।त्यसपछि खेलको अन्तिम समयमा एरिक म्याक्सिमले गोल गरे । जितसँगै बायर्नले ४ खेलमा १० अंकसहित दोस्रो स्थानमा र लाइपजिग ३ अंकसहित १३औँ स्थानमा रहेको छ ।
