• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

दोस्रो मैत्रीपूर्णमा डेब्यु गर्न सक्ने तीन खेलाडी


  •   आइतबार, भदौ २७, २०७८ मा प्रकाशित
  • काठमाडौं । दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेश आज (आइतबार) साँझ ५ बजे भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा नेपाल लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ भने बंगलादेश नेपाललाई रोक्न चाहन्छ । पहिलो खेलमा विगतभन्दा सुधारिएको खेल देखाएको बंगलादेश घरेलु टोलीलाई पहिलो पटक हराउने दाउमा हुनेछ ।

    Advertisement

    हालसम्म नेपाल र बंगलादेशबीच जति खेल भए, सबै खेल नेपालले जितेको छ । नेपाल आफ्नो विजयी यात्रालाई अझै फराकिलो बनाउन चाहन्छ ।

    यसअघि गत बिहीबार (२४ भदौ) मा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । नेपालको लागि दुबै गोल डेब्यु गरिरहेका सविता राना मगर र प्रिती राईले गरेका थिए ।

    सविताले खेलको १४ मिनेटमा नेपाललाई अग्रता दिलाएकी थिइन् भने प्रितीले खेलको २३ मिनेटमा अग्रता दोब्बर बनाएकी थिइन् । बंगलोदशकी मोसाम्मत आखी खातुनले सान्त्वना गोल गरेकी हुन् ।

    नेपाली प्रशिक्षक ग्यारी फिलिप्सले बंगलोदशविरुद्ध चार जनालाई डेब्यु गराएका थिए । सविता र प्रितीलाई सुरुवाती–११ मा डेब्यु दिएका उनले सृजना सिंह ठकुरी र रश्मी घिसिङलाई दोस्रो हाफमा डेब्यु गराएका थिए ।

    सृजना सिंह ठकुरी हिरा कुमारी भुजेलको स्थानमा मैदान प्रवेश गरेकी थिइन् भने रश्मी घिसिङ मञ्जलीकुमारी योञ्जनको स्थानमा मैदान प्रवेश गरेकी हुन् ।

    यसअघि एएफसी महिला एसिया कप २०२२ छनोटका लागि मुख्य प्रशिक्षक ग्यारीले ४५ सदस्यीय टोली घोषणा गरेका थिए । दोस्रो चरणसम्ममा ग्यारीले २३ सदस्यीय टोली घोषणा गरेका हुन् । जसमा ग्यारीले सात नयाँ अनुहारलाई राष्ट्रिय टोलीमा पहिलो पटक स्थान दिएका थिए ।

    बंगलादेशविरुद्ध पहिलो मैत्रीपूर्ण खेलमा चार खेलाडीलाई डेब्यु दिएका ग्यारीले दोस्रो मैत्रीपूर्ण खेलमा थप तीन जनालाई डेब्यु दिन सक्छन् । पहिलो खेलमा डेब्यु बाँकी रहेका डिफेण्डर निशा थोकर र विमला विक तथा स्ट्राइकर रजनी थोकरले दोस्रो मैत्रीपूर्णमा मौका पाउन सक्छन् ।

    यद्यपि, प्रशिक्षक ग्यारीले तीनै खेलाडीलाई दोस्रो हाफमा मौका दिन सम्भावना छ । पहिलो मैत्रीपूर्णमा सुरुवाती–११ का सम्पूर्ण खेलाडीले औषत प्रदर्शन गरेका छन् । पहिलो खेल नै प्रतिस्पर्धात्मक रहेकाले सुरुवाती–११ मा कुनै पनि खेलाडीले डेब्यु नपाउन सक्छन् ।

    डेब्यु गर्न सक्ने तिन खेलाडी :

    १, निशा थोकर 

    अग्ली कदकी निशा पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी हुन् । महिला फुटबल र एकेडेमीको लागि उर्वरभूमि मानिने रौतहटको खेलाडी हुन् थोकर । उनले गत लिग विभागीय एपीएफ क्लबबाट खेलेकी थिइन् । लिगको उपाधिसमेत एपीएफले जितेको थियो । यसअघि डिफेण्डर निशा १३औं साग र हिरो गोल्डकप भारतमा खेल्न जाने टोलीको प्रारम्भिक प्रशिक्षणमा रहेकी थिइन् । निशाले नेपालको यू–१५, १६ र १९ टोलीबाट खेलिसकेकी छिन् ।

    २, रजनी थोकर 

    स्ट्राइकर रजनी थोकर पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी हुन् । उनी पहिलो प्रयासमै टोलीमा स्थान बनाउन सफल भइन् । स्ट्राइकर रजनीले राष्ट्रिय महिला लिगमा रौतहटको चन्द्रपुर नगरपालिकाबाट खेलेकी थिइन् । उनले नेपालको उमेर समूहको प्रतिनिधित्व गरिसकेकी छिन् । पछिल्लो समय अभ्यासमा उनले आफूलाई निखार्ने मौकासमेत पाएकी छिन् ।

    ३, विमला विक

    राष्ट्रिय महिला लिगमा प्रभावशाली प्रदर्शन गरेकी विमलसमेत पहिलो पटक राष्ट्रिय टिमको ढोका खोलेकी हुन् । डिफेण्डर विमलाले आर्मी क्लबबाट प्रतिनिधित्व गर्दै दुई गोल गरेकी थिइन् । उमेर समूहमासमेत अब्बल प्रदर्शन गरेकी विमलाले राष्ट्रिय टोलीमासमेत डेब्यु गर्ने प्रबल सम्भावना छ । विमलले उमेर समूहमा यू–१५, १६ र १९ बाट खेलिसकेकी छिन् । यसअघि राईट ब्याकमा प्रभावशाली प्रदर्शन गरेकी विमला राष्ट्रिय टोलीको प्रशिक्षणमा भने आफ्नो प्रभाव बनाउन सकेकी छैनन् ।

    आइतबार, भदौ २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद २०२६: पदक तालिकामा चीनको अग्रता कायमै
    साम्बा गम्भीर घाइते, करिब एक बर्ष मैदान बाहिर रहने
    स्टार अलराउण्डर आन्द्रे रसेलको आइपीएलबाट सन्यास
    सुदूरपश्चिम रोयल्सले पोखरालाई दियो १९४ रनको लक्ष्य
    एएफसी यू-१७ एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टिमको बिदाई, यस्तो छ खेल तालिका
    अष्ट्रेलियाली प्यारालम्पिक स्वर्ण पदक विजेता पेज ग्रेकोको २८ वर्षको उमेरमा निधन

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.