काठमाडौं – नेपाल र बंगलादेशबीच भएको दोस्रो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले कुनै गोल गर्न सकेनन् । दुबै टोलीले गोलका लागि केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।
खेलको ९ मिनेटमा नेपालले पहिलो मौका चुकाएको थियो भने ७ मिनेटमा बंगलादेशले गोल गर्ने सुनौलो अवसर गुमायो । गोलकिपर अन्जना रानाले डिबक्स भित्र फुत्काएको बललाई श्रीमोती सर्कारले खाली पोस्टमा गोल गर्न सकिनन् ।

यसअघि पहिलो मैत्रीपुर्ण खेलमा नेपालले बगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । एएफसी महिला एसिया कप-२०२२ छनोटको तयारीका लागि नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल खेलेका हुन् । अब समूह एफको खेलमा नेपालले फिलिपिन्ससङ २ असोज र हङकङ सङ ५ असोजमा खेल्नेछ ।
