काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाललाई भेट गरेका छन् । सोमबार प्रधानमन्त्री देउवा खनाललाई भेट गर्न उनकै निवास डल्लु पुगेका हुन् ।
केही समयअघि पनि खनालको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री देउवा उनकै निवास पुगेका थिए । भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएर फर्किएका खनाल अहिले आफ्नै निवासमा आराम गरिरहेका छन् ।
