काठमाडौं – नवलपुरको गैंडाकोटमा बस र ट्रक एकआपसमा ठोक्किँदा ३ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन् ।
मंगलबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट-१० स्मृतिपुल नजिकै सु.प्र.०२-००१ ख ११२३ नम्बर बस र ना६ख७१२६ नम्बरको ट्रक ठोक्किँएको हो ।
उक्त दुर्घटनामा दुई महिला र एक पुरुषको ज्यान गएको हो । ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन । दुर्घटनामा घाइते भएका सबै यात्रुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
