• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

दण्ड जरिवान, बाजार भाउदेखि ज्याला तोक्ने कानुन बन्छ


  •   मङ्गलबार, भदौ २९, २०७८ मा प्रकाशित
  • लमजुङ, भदौ २९ गते । लमजुङको पर्यटकीय गाउँ भुजुङका स्थानीयले नयाँ कानुन निर्माण गरेका छन् । क्व्होलासोंथर गाउँपालिका वडा नं. ४ भुजुङ गाउँको नीतिनियम तथा ऐन कानुन निर्माण गर्न वर्सेनि भदौसभा हुने गरेको छ । भदौको अन्तिम साता भदौसभा गर्ने गरिएको र सभाबाट नयाँ ऐन कानुन बनाउने गरिएको स्थानीयले बताएका छन् ।
    यसबर्ष पनि गाउँलेले भदौ २४, २५, २६, २७ गते भदौसभा गरेर नयाँ कानुन बनाएका छन् । रीतिथिति ब्यवस्थापन समितिका अध्यक्ष कालबहादुर गुरुङले गाउँको सामाजिक, साँस्कृतिक र आर्थिक अवस्थामा एकरुपता ल्याउन र गाउँलाई एकढिक्का बनाउन, बाहिरी व्यक्तिको हस्तक्षेप रोक्न भदौसभा गर्ने गरिएको बताउनुभयो । भदौमा बनाएको कानुन अर्को भदौसम्म हुने र वर्सेनि परिमार्जन गर्दै लाने गरेका छन् । उहाँका अनुसार भदौमा सञ्चालन गरिने भएकाले यो सभालाई भदौसभा भन्ने गरिएको हो ।
    बर्षायाममा धान तथा कोदो रोपाइँ सकिएपछि केही फुर्सद हुने र फुर्सदको समयलाई सदुपयोग गर्दै उहिलेदेखि भदौसभा गर्दै आएको उहाँले बताउनुभयो । भदौसभाले नीति नियमको पालना नगर्नेलाई जरिवाना समेत गर्ने गरेको छ । भदौ २४, २५ र २६ गते सबै गाउँले सभामा सहभागि भएका थिए । भदौ २७ गते भने समितिका २५ जना मात्र सहभागि भएको स्थानीय नौराज गुरुङले बताउनुभयो ।
    उहाँका अनुसार भदौसभाले विभिन्न नियम बनाएको छ । सभाले गाउँमा कायम रहेको श्रमज्याला, उपभोग्य वस्तुको मूल्य निर्धारण गरेको छ । सभाबाट लोकल कुखुराको प्रति शेर २०० रुपियाँ, बोइलर कुखुरा प्रति शेर १ सय ८० रुपियाँ, लोकल रक्सी प्रति बोतल एकसय रुपियाँ, राँगाको मासु प्रति धार्नी छसय रुपियाँ, भैंसीको मासु प्रति धार्नी पाँच सय ५० रुपियाँ, खसीको मासु प्रति धार्नी एक हजार १ सय रुपियाँ, भेडाबाख्रा मासु प्रति धार्नी एक हजार ५० रुपियाँ तोकिएको छ ।
    यस्तै श्रमज्यालाको पनि मूल्य निर्धारण गरेको छ । ज्यामी (दक्ष) लाई प्रति दिन छसय ५० रुपियाँ, ज्यामी (अर्धदक्ष) लाई प्रति दिन छसय रुपियाँ ज्यामी (ढुंगा माटो बोक्ने) लाई पाँचसय रुपियाँ तोकिएको छ । गोरु जोत्नेलाई गोरुसहित एक हजार रुपियाँ, असारे पर्म खाजाहित चारसय रुपियाँ, हिउँदे पर्म तीनसय रुपियाँ, अन्न प्रति पाथी दुईसय रुपियाँ, पराल प्रति भारी दुईसय रुपिया, अर्गुम गर्दा घ्याब्रे गुरुलाई पगरी पाँच हजार रुपियाँ, अर्गुम गर्दा पच्यु गुरुलाई पगरी चार हजार रुपियाँ, पुटपुटे नाँचमा गाउँ कोषमा पाँच हजार रुपियाँ तोकिएको छ । पुटपुटे नाँचमा गुरुहरुको १० हजार तोकिएको छ ।
    यस्तै, दशंै र तीहारमा एक टोलले अर्काे टोललाई भैंसी उपलब्ध गराउँदा जरिवाना गर्न नपर्ने नियम बनाएको छ । वडाध्यक्ष खिमबहादुर गुरुङका अनुसार भदौ सभाले समाजमा चोरीडकैती गर्नेलाई कारबाही गर्ने र राम्रो काम गर्नेलाई स्याबासी दिने गरिन्छ । भदौ सभामा प्रत्येक घरबाट घरमुली सहभागि भएको बताउनुभयो । उहाँका अनुसार सभामा पाप नगरेको, बर्षभरि आफ्नो परिवारले अरु कसैमाथि नराम्रो नसोंचेको, अधर्म नगरेको, चोरीडकैती लगायत नराम्रो काम नगरेको भनी खुकुरीको धार र तामाको ताउलो छोएर कसम खाने गरिन्छ । कुनै पनि व्यक्तीले जानी नजानी गल्ती गरेको भए जरिवाना तिर्नुपर्ने व्यवस्था रहेको उहाँले बताउनुभयो ।

    Advertisement

    मङ्गलबार, भदौ २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.