• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

प्राकृतिक विधीबाट उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ ?


  •   मङ्गलबार, भदौ २९, २०७८ मा प्रकाशित
  • वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजु भन्छन्, ‘उच्च रक्तचापको अवस्था हेरेर औषधि खाने वा जीवनशैली परिवर्तन गरेर यसलाई नियन्त्रण गर्ने भन्ने कुरा निर्धारण हुन्छ । यद्यपि औषधि सेवन गरेपछि स्वस्थ जीवनशैली भने अपनाउनैपर्छ ।’

    Advertisement

    उनका अनुसार यसको लागि सबैभन्दा पहिले उच्च रक्तचाप के कारणले भएको छ पत्ता लगाउनु पर्छ । जस्तो अन्य विभिन्न रोगहरुका कारणले रक्तचाप भएको छ भने सम्बन्धित स्वास्थ्य समस्या निको भएपछि यो पनि स्वतः निको हुन्छ । रक्तचापको यस्तो कारण १० प्रतिशत जति हुन्छ ।

    बाँकी रहेको ९० प्रतिशत रक्तचापको कारण हाम्रो खराब व्यवहार र चलनचल्तीका कारण हुन सक्छ । जस्तो, धेरै चिन्ता लिने, धुम्रपान गर्ने, नुन धेरै खाने मोटोपना जस्ता कारणले उच्च रक्तचाप बढेको हुन्छ । यसरी बढेको रक्तचाप सुरु भइसकेपछि नियमित औषधि खाएर मात्रै नियन्त्रणमा ल्याउनुपर्छ जीवनशैली सुधारेर यसलाई निर्मूल पार्न सकिन्न ।

    त्यसो त औषधि सेवन गर्नैपर्ने भएपनि जीवनशैलीमा विशेष ध्यान दिनुपर्छ । अतः हामीले प्राकृतिक विधीबाट पनि उच्च रक्तचाप कम गर्न सक्छौं । साथै उच्च रक्तचापको जोखिमबाट आफुलाई मुक्त राख्न सक्छौं । यसका लागि केही यस्ता न्युनतम सर्त छ, जसलाई पालना गर्नैपर्छ ।

    नुनको मात्रा कम

    हाम्रो खानामा नुनको मात्रा बढी हुन्छ । तरकारी, अचार, दाल आदिको माध्यामबाट हामी नुन सेवन गरिरहेका हुन्छौं । यसको मात्रा घटाउनुपर्छ । नुनको मात्रा घटाउने एउटा गजब काइदा भनेको खानामा सलाद एवं उसिनेको सागसब्जी समावेश गर्नु हो । साथै अन्य नुनिलो अमिलो खानेकुरा, जंकफुड सेवन गर्नुभन्दा फलफूल सेवन गर्नु उपयुक्त हुन्छ ।

    प्रशोधित खानेकुरा निषेध गरौं

    अहिले हामीसँग खानेकुराका अनेक विकल्प छन्, त्यसमा प्रशोधित खानेकुरा अत्याधिक छ । प्याकेटबन्द वा तयारी खानेकुरा पनि उच्च रक्तचाप बढाउने कारण हुन् ।

    सन्तुलित भोजन

    उच्च रक्तचाप नियन्त्रण गर्नका लागि खानपानमा सतर्कता अपनाउनै पर्छ । यस्तो अवस्थामा सन्तुलित खानेकुरा आवश्यक हुन्छ । साथै सुपाच्य पनि । दिनभर खाइने खानामा ति सबै पोषक तत्व सामेल भएको होस्, जो शरीरलाई आवश्यक छ ।

    फलफूल र सागसब्जीलाई आफ्नो खानामा सामेल गर्नुपर्छ । मासु, दुधजन्य परिकार आदिको मात्रा कम गरौ । सलाद, हरियो सागपान, फलफूल, ड्राइ फ्रुट्स, ताजा सुप आदिलाई दिनभरको खानपानमा समावेश गरौं ।

    चिनीजन्य, धेरै तेल भएको खानेकुरा सेवन नगरौं । रातो मासुको बदलामा कुखुरा वा माछा सेवन ठिक हुन्छ ।

    खानामा फाइबरको मात्रा बढाउनुपर्छ । फाइबरले उच्च रक्तचाप नियन्त्रण गर्ने होइन । तर, यसले तपाईंको पाचन यन्त्रलाई चुस्त बनाउँछ । तपाईंलाई स्वास्थ्य राख्न मद्दत गर्छ । सागसब्जी खासगरी हरियो पत्तेदार सब्जीमा फाइबर हुन्छ । फलफूल, नट्स आदिमा पनि भरपुर फाइबर पाइन्छ ।

    धेरैजसोको खानामा ओमेगा थ्रि फ्याटी एसिड (फिश आयल)को मात्रा कम हुन्छ । यसको आपूर्तिका लागि माछा सेवन गर्नुपर्छ । यद्यपी माछा तारेर होइन, उसिनेर सेवन गर्नु प्रभावकारी हुन्छ ।

    त्यसो त ओमेगा थ्रि फ्याटी एसिडका लागि फिस आयल ट्याब्लेट पनि पाइन्छ । यद्यपी यस किसिमको ट्याब्लेट सेवन गर्नुअघि चिकित्सकको सल्लाह लिनुपर्छ ।

    उच्च रक्तचाप नियन्त्रणका लागि खानामा पोटाशियमको मात्रा पनि बढाउनुपर्छ । धेरै मात्रामा पोटाशियम चाहि हानिकारक हुनसक्छ । त्यसैले सन्तुलित मात्रामा पोटाशियम लिनुपर्छ । गालभेडा, केरा, सिमी, प्याज, सुन्तला आदिमा पोटाशियम पाइन्छ ।

    चिकित्सकको परामर्श

    कतिपय घरेलु औषधी जो हाम्रो भान्सामा पाइन्छ, त्यसले पनि उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्छ । यदि त्यस्ता औषधीको सेवन गर्ने हो भने चिकित्सकको परामर्शमा कसरी र कति मात्रामा खाने भन्ने कुराको टुंगो गर्नुपर्छ । जस्तो लसुन, बेसार, अदुवा आदिमा म्याग्नेसियम र क्रोमियम हुन्छ । यदि यी तत्वको आवश्यक भए चिकित्सकको परामर्शमा सेवन गर्न सकिन्छ ।

    योग–ध्यान–प्राणायम

    तनाव कम गर्नु गाह्रो लाग्नसक्छ । किनभने तनाव लिन नचाहेर पनि हामीलाई तनाव भइरहेकै हुन्छ । तनाव नियन्त्रण गर्नु भनेको तनाव व्यवस्थापन गर्नु हो । तनाव हरेकलाई हुन्छ तर त्यसलाई कसरी लिने ? यो मूख्य कुरा हो । हामी दैनिक व्यवहारमा अनेक कारणले तनावमा पर्छौं, तर तनाव लिनु कुनै समस्याको समधान होइन । तनाव लिएर कुनै समस्या हल हुँदैन । त्यसो भए किन तनाव लिने ?

    कुनैपनि कुरालाई अलि सहज र सरल ढंगले ग्रहण गर्दा पनि तनाव कम हुन्छ । काम गरेको बेला रमाइलो गरौं ।

    शरीरलाई आनन्द हुने कतिपय प्राकृतिक विधी छन्, त्यसलाई अपनाएर पनि तनाव कम गर्न सकिन्छ ।

    प्राणायम, ध्यान यस्तो विधी हो, जसले तनाव व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्छ । यस किसिमको अभ्यासले मनलाई शान्त तुल्याउँछ । प्रफुल्ल बनाउँछ ।

    लामो सास लिने र छाड्ने प्रक्रिया पनि तनाव व्यवस्थापनको राम्रो उपाय हो । त्यस्तै नियमित रुपमा व्यायाम गर्ने गरौं । जथाभावी व्यायाम गर्नु चाहि ठिक हुन्न । बरु विहान एक घण्टा छिटो–छिटो पैदल हिँड्ने बानी गरौं ।

    के नगर्ने ?

    चुरोटको सेवनले उच्च रक्तचाप ह्वात्तै बढाउँछ । यसमा रहेको निकोटिनले उत्तेजक बनाउँछ ।

    कफी, सोडा जस्ता पेय पनि उच्च रक्तचाप बढाउने कारण हुन् । किनभने यसमा क्याफिनको मात्रा बढी हुन्छ । क्याफिनले स्नायु प्रणालीलाई उत्तेजित बनाउँछ ।

    चुरोट जस्तै मदिराजन्य पेयले पनि उच्च रक्तचाप बढाउँछ । उच्च रक्तचाप नियन्त्रणका लागि मदिरा छाड्नैपर्छ ।

    तौल नियन्त्रण

    शरीरको उचाई अनुसार तौल निर्धाण हुन्छ । यदि त्यस अनुरुप तौल बढी छ भने नियन्त्रण गर्नैपर्छ । अतिरिक्त तौलले पनि उच्च रक्तचाप बढाउन सघाउँछ । खानपानमा परिवर्तन गरेर वा शारीरिक श्रम गरेर तौल नियन्त्रण गर्न सकिन्छ ।

    मङ्गलबार, भदौ २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.