• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

अपांगता भएका विद्यार्थी खोजी-खोजी पढाउने शिक्षक


  •   मङ्गलबार, भदौ २९, २०७८ मा प्रकाशित
  • शिक्षक कलकबहादुर चलाउनेलाई विगतमा अपांगता भएका कयौं व्यक्तिले पढ्न नपाएकोमा दु:ख लागिरहन्छ।

    Advertisement

    त्यो बेला गाउँघरमा दृष्टिविहीन भएकाहरूले पनि पढ्न सकिन्छ छ र? भन्ने प्रश्न उठ्थे। त्यसमाथि राज्यका तर्फबाट उनीहरूका लागि पढ्ने सुविधाका विद्यालय पनि थिएनन्।

    विकट क्षेत्रका दृष्टिविहीनहरूले समाजबाट हेला र तिरस्कार सहेर बाँच्नु परेको कुरा उनको दिमागमा ताजै छन्।

    ‘पढ्ने कुरा त के त्यो वेला दृष्टिविहीन भएकाहरूलाई अन्धा, काना, आँखा फुट्या शब्द प्रयोग गरेर बोलाउँथे मलाई यस्तो देखेर धेरै दु:ख लाग्थ्यो,’ उनले भने।

    कलक चलाउने बझाङको छविस पातिभेरा गाउँपालिका-६ मा रहेको बाँठपाली माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन्। साथै उनी त्यही विद्यालयमा सञ्चालित दृष्टिविहीन स्रोत कक्षाका स्रोत शिक्षक पनि हुन्।

    २०५६ सालदेखि उनी यो विद्यालयमा कार्यरत छन्। यसअघि उनले बझाङकै बुङल, बित्थडचिर, दुर्गाथली क्षेत्रका विद्यालयमा काम गरिसकेका थिए।

    बाँठपाली भने उनको लागि खास विद्यालय हो। कलकले शिक्षाको प्रारम्भ पनि यसै विद्यालयबाट गरेका थिए।

    जुन विद्यालयबाट शिक्षा आरम्भ गरेका थिए, त्यहीँ विद्यालयमा शिक्षक बन्न पाउँदा उनी धेरै मख्ख छन्। उनी खुसी किन पनि छन् भने यही विद्यालयमा उनले दृष्टिविहीन विद्यार्थीलाई शिक्षा दिनु पाएका छन्।

    ‘दृष्टिविहीन, शारिरीक अपांग भएकाहरू घरमै हुन्थे, दिनभरी उनीहरूले अनेक कुरा सुन्नपर्थ्यो, मलाई भने उनीहरूले पनि मैलेझैं पढ्न पाए हुने नि भन्ने लाग्थ्यो,’ उनले भने।

    उनले पढे, शिक्षक भए, बोल्न सक्ने भए। त्यसपछि दृष्टिविहीन र शारिरीक रूपमा कमजोर भएका दुबै विद्यार्थीलाई पढाउने वातावरण बनाए।

    सानोमा सोचेको कुरा अहिले आएर पूरा गर्न पाउँदा उनलाई रमाइलो लाग्छ।

    २०५४ सालदेखि समाहित शिक्षा कार्यक्रम लागु भएपछि यो स्कुलले दृष्टिविहीन विद्यार्थीलाई पढाउन सुरू गरेको थियो।

    दृष्टिविहीन स्रोत कक्षा तत्कालीन समयका शिक्षक जयबहादुर बुढाका पालामा ४/५ जना विद्यार्थीबाट पढाउन सुरू गरी जिल्लामा चिनाउन सफल बनेको थियो।

    बीचमा द्वन्द्वकाल र अन्य कारणले विद्यार्थी नै नपाएपछि पढाइ रोकियो।

    त्यही समयमा कलक यो विद्यालयमा शिक्षक बनेर आएका थिए। २०६८ सालपछि शिक्षाबाट बञ्चित यस्ता बालबालिकालाई पढाउन स्कुलले फेरि निरन्तरता दिने निर्णय गरेको थियो।

    अन्य शिक्षकभन्दा उनी युवा भएकाले दृष्टिविहीन स्रोत कक्षा शिक्षकको जिम्मेवारी उनले नै पाए।

    यो जिम्मेवारीले उनलाई गर्व र चिन्ता दुबै लागेको थियो।

    ब्रेल लिपी नपढेकाले विद्यार्थी पढाउन सकिने कि नसकिने भनेर सुरूमा उनी चिन्तित थिए। पछि उनलाई स्कुलले नै तालिम लिने अवसर दियो।

    त्यसबेला स्कुलमा विद्यार्थीको अभाव थियो। मान्छेमा चेतनाको अभाव थियो।

    ‘दृष्टिविहीनलाई पढाउनै मान्दैन्थे। विद्यार्थीहरूलाई स्कुलसम्म ल्याउन अप्ठेरो भयो,’ उनले भने।

    जिम्मेवारी पूरा गर्न सुरूमा चुनौती थियो तर उनले हार मानेनन्।

    उनी विद्यार्थी खोज्न थाले। वडा गाउँपालिकामा गएर तथ्यांक संकलन गरे। महिला विकास शाखामा अपांगता परिचय पत्र वितरण हुने हुदाँ त्यहाँबाट केही तथ्यांक पाए।

    ‘मैले एफएममा पनि सूचना प्रसारण गर्न दिएँ, केही विद्यार्थी यहाँ छन् भन्ने पत्ता लाग्यो,’ उनले भने।

    त्यसपछि उनले विद्यार्थी जम्मा गरे। विद्यार्थीहरू जम्मा त भए तर, ब्रेललिपि माध्यमबाट पढाउने शिक्षक पाइएनन्। उनले आफूले सिकाउनका लागि ब्रेल सिकेका थिएनन्। विद्यालयमा विद्यार्थी भर्ना भएपछि उनले अब ब्रेल सिकाउने शिक्षकको खोजी गर्न थाले। सुरूमा सोही विद्यालयमा पढेर ब्रेलमा १२ पास भएकी कमला जप्रेललाई उनले सहायक शिक्षक राखेर पढाउने जिम्मा दिए।

    ‘उनलाई शिक्षक राखेपछि विद्यालयमा आएका अन्य विद्यार्थीले ब्रेल सिक्न पाए, मैले पनि सिक्न पाएँ,’ चलाउनेले भने।

    उनले पनि २०७२ सालमा दीपायलमा ब्रेललिपी लेख्ने र पढ्ने तालिम लिन पाए। अझै उनको सिकाइ जारी छ।

    ‘अहिले पनि म आफैंले नोट, डायरी पढ्छु, अभ्यास गर्छु र साथीहरूसँग जिज्ञासा राखेर पनि सिकिरहेको छु,’ उनले भने।

    त्यसपछि बिस्तारै विद्यालयमा विद्यार्थीहरू टाढा-टाढाबाट आउन थाले।

    बझाङका दूर-दराज क्षेत्रमा पढ्न नपाएर बसेका दृष्टिविहीन विद्यार्थी उनले खोज्दै विद्यालय आउन थाले।

    विद्यार्थीहरू धेरै मेहनत गरेर यहाँसम्म पढ्न पुगेका छन्।

    तीमध्ये एक हुन् कुबेर बोहरा। उनले यो विद्यालयमा पढ्न आउनुभन्दा अघि धेरै दु:ख गर्नु पर्‍यो। कुबेर २५ वर्ष पुगेपछि कक्षा ५ मा भर्ना भएका थिए। उनले ३० वर्षको उमेरमा एसइई पास गरे। अहिले १२ कक्षा पढ्दै गरेका उनी आफू पढेकै स्कुलका शिक्षक बनेका छन्।

    बझाङको सुर्मा माध्यमिक विद्यालयमा सात कक्षासम्म पढ्दा उनी आँखा देख्थे। अचानक उनले त्यही बेला सधैँका लागि आँखाको ज्योति गुमाए।

    ‘एक आँखा देख्ने र एक कम देख्थें। एकदिन गाउँमा कसैको जन्त थियो। म पनि गएँ। साथीहरूसँग रमाइलो गरें। बेलुका घर फर्कें। राति पेट दुख्यो र उल्टी भयो। आँखामा बिझेपछि माडें,’ उनले भने।

    राति कति बज्यो भनेर आफूले नाडीमा बाँधेको लाइट बल्नेवाला घडी हेर्न खोज्दा उनले केही पनि देखेनन्। उनको दृष्टि गुम्यो। उनी बेहोस भए।

    ‘बाँच्दिनँ कि भन्ने लाग्यो। उपचारका लागि ठाउँ-ठाउँमा गएँ, धेरै खर्च भए पनि केही उपाय लागेन,’ उनले भने।

    कुबेरले त्यसदिन जीवन सकिएको महसुस गरेका थिए। उनलाई आँखाको ज्योतिसँगै बाँकी पढाइ गर्ने सपना पनि सधैँका लागि गुमाएँजस्तो लागेको थियो।

    छरछिमेकले पनि उनलाई आँखा गुमेपछि ‘पढेरै के गर्न सक्छ र, बिचरा/कठैबरा’ भन्न थाले। उनी पनि आफ्नो भाग्यलाई दोष दिँदै बसे।

    ‘त्यसपछि देख्ने बेला सँगै पढेका खेलेका साथी, भूगोल, स्कुल सबै मेरो सुहाउँदो नै भएन,’ उनले भने।

    सुरू-सुरूमा आँखा गुमेपछि साह्रै पीडा भए पनि पछि बिस्तारै उनले मनलाई सम्हाले। उनले मनको आँखाले बाँकी जीवन र पढाइलाई अगाडि बढाउने निधो गरे। दृष्टि गुमे पनि पढ्ने उनको रहर कायमै थियो। उनी दृष्टिविहीनले पढ्न मिल्ने स्कुलको खोजी गरिरहन्थे।

    ‘मैले पढें भनेमात्र बाँकी जीवन फिर्ता पाउन सक्छु भन्ने सोचें,’ उनले भने।

    डोटीको एक विद्यालयमा ब्रेल पढाइ हुन्छ भन्ने थाहा पाएपछि उनी दीपायल गए।

    त्यहाँ पुगेपछि उनलाई कसैले भन्यो, बझाङमै पनि दृष्टिविहीन पढ्ने स्कुल छ। उनी मख्ख परिरहेका थिए, त्यहीबेला दीपायलमै तालिम लिन पुगेका शिक्षक कलकसँग भेट भयो। उनीसँग कुबेरले स्कुलको ठेगाना र फोन नम्बर पनि लिए।

    ‘सर त एक-दुई दिन पछि सँगै जाउँला भन्दै हुनुहुन्थ्यो, म भने हतार लागेर उहाँभन्दा पहिले दीपायलबाट बझाङ पुगिसकेको थिएँ,’ उनले भने।

    उनी फेरि ५ कक्षामा भर्ना भए। अब उनले ब्रेल लिपीमा पढ्नु पर्ने भएकाले कक्षा घटाउनु परेको थियो। निकै मेहेनत गरेर पढेपछि लगातार उत्तीर्ण हुँदै गए। अहिले उनी कक्षा १२ मा पढ्दैछन्।

    ‘अचेल साथी छन्। यी भाइबहिनी छन्। खेल्न, बोल्न रमाइलो लाग्छ। भाइबहिनीले केही समस्या भए मलाई भन्छन्, उनीहरूलाई मद्दत गर्न पाउँदा खुसी लाग्छ,’ उनले भने।

    शिक्षक बनेपछि कुबेरले बाँठपाली स्कुलका अरू दृष्टिविहीन विद्यार्थीलाई ब्रेल सिकाउँछन्। उनी पढ्न सिकाउँछन् र होस्टेलको हेरचाह गर्ने काम पनि गर्छन्।

    ‘म अझै पढ्न चाहन्छु तर ११ माथि किताब नै छैन। कसैले पढेको रेकर्ड गरेर त्यही सुनेर पढ्ने गरेको छु। स्कुलले मलाई मासिक ५ हजार रुपैयाँ तलब दिन थालेको छ। जिम्मेवारी पनि दिएपछि खुसी छु,’ उनले भने।

    बाँठपाली माध्यमिक विद्यालयमा हाल उनी जस्तै दृष्टिविहीन १४ जना विद्यार्थी पढिरहेका छन्।

    सोही स्कुलमा कक्षा ९ मा पढ्ने गोपाल बोहराले स्कुलबाट गाउँपालिका स्तरका कार्यक्रममा बेलाबेला सहभागी भएर प्रथमसम्म हुन सफल भएको बताए।

    उनीहरू गायन, वक्तृत्वकलाजस्ता प्रतियोगितामा सहभागी हुने गरेका छन्।

    पढ्ने इच्छामा दृढ रहने स्वभावका बच्चाहरू आफ्नो स्कुलमा रहेको प्रधानाध्यपाक चलाउनेले बताउँछन्।

    अहिले पनि केही अभिभावकले हामी आँखा देख्ने त पढेर काम पाएनौं भने उनीहरू पढेर के गर्छन भन्ने गर्छन्।

    उनले त्यस्ता अभिभावकलाई ब्रेलमा विद्यार्थीहरूले पढेका, लेखेका फोटोहरू देखाउने गर्छन्। दृष्टिविहीन मानिसले पनि जागिर गरेका उदाहरण इन्टरनेटबाट खोजेर बताउने गरेका छन्।

    अहिले पनि स्कुलमा दरबन्दी अभाव, भौतिक संरचना अभाव रहेको उनले बताए।

    ‘हामी शिक्षक कर्मचारीले अपांगताका विषयमा काम गर्ने संघसंस्थालाई पनि सहयोगका लागि अनुरोध गरेपछि केही राहत प्राप्त भएको छ,’ उनले भने।

    १० वर्ष घि २ हजारमा कोठा भाडा लिएर विद्यार्थी बस्ने व्यवस्था गरेका उनीहरूले अहिले स्कुलमा आवाससहित प्रविधि र उपकरण खरिद पनि गर्न सकेका छन्।

    अहिले नेपाल सरकारको मुख्य सहयोग रहेको उक्त कार्यक्रममा गाउँपालिकाले पनि सहायता गर्ने गरेको छ।

    युएमएन बझाङको साझेदारी संस्था प्रगतिशील युवा समाज बझाङले पनि सहयोग गरिरहेको छ।

    स्कुलमा अहिलेसम्म १८ जना विद्यार्थीले पढ्न पाएका छन्। ती मध्ये ५ जनाले एसईई पास गरेका छन्। यहाँबाट एसईई पास गरेका एक जना स्नातक पढिरहेका छन्।

    अहिले विद्यालयमा दृष्टिविहीन विद्यार्थीका लागि भनेर आवासीय ८ कोठाको भवन बन्दै छ। प्रदेश सरकारले दिएको तीन लाख बजेटबाट विद्यार्थीलाई लुगाकपडा र ल्यापटप किनिएको छ।

    उनीहरूलाई समाचार सुन्न आवासमा टेलिभिजन जोडिएको छ। प्रत्येक विद्यार्थीलाई एउटा मोबाइल दिइएको छ।

    यहाँ पढ्ने अपाङ्गता भएका विद्यार्थीलाई बस्ने-खाने लगायतका व्यवस्था मिलाउन स्कुललाई सरकारले प्रतिमहिना ४ हजारका दरले पैसा दिने गरेको छ।

    यो कुरा थाहा पाएकाहरूले कुनै बालबालिका शिक्षाबाट बञ्चित भए आफ्नो स्कुलसम्म पुर्‍याइदिन उनले आग्रह गरे।

    मङ्गलबार, भदौ २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.