चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन काठमाडौँ सडकखण्डको मुग्लिनबाट दुई किमी उत्तरतर्फ आज बिहान ३ बजेतिर पहिरो खसेर राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवान थापाकाअनुसार वर्षाका कारण माथीबाट पहिरो खसेर सडक पूर्णरुपमा अवरुद्ध भएको हो । पहिरो गएको ठाउँमा प्रहरी नायब निरीक्षकको नेतृत्वमा पाँच जनाको टोली खटाइएको भन्दै थापाले सडक विभागसँग समन्वय गरी पहिरो हटाउन पहल भइरहेको जानकारी दिए ।
