नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार बुटवल जादै छन् । बुटवलमा आयाजित एमाले कार्यकर्ताको एक भेलामा सम्वोधन गर्न ओली त्यहाँ जाने भएका हुन् । भेला बुटवल ११ देवीनगर मैदानमा आयोजना गरिएको छ ।
उक्त भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी हुने भएका छन् । उक्त भेलालाई ओलीसहित विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल, टोप बहादुर रायमाझी लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
उनी कार्यक्रममा सहभागी भएर आज नै फर्कने कार्यतालिका रहेको जनाइएको छ । यसअघि मंगलबार ओली गृहजिल्ला झापामा आयोजित एमाले कार्यकर्ताको भेलामा सहभागी हुन पुगेका थिए ।
