• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

सामूहिक हत्या : मानसिक तनाव मुख्य कारण


  •   बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित
  • कुनै सामान्य व्यक्तिले आफन्त नातेदार तथा परिचितहरूको सामूहिक रूपमा हत्या गर्नुका पछाडि मानसिक असन्तुलन (डिप्रेसन) मुख्य कारण देखिएको छ ।
    सात प्रदेशमा भएका २५ वटा सामूूहिक हत्या घटनामा संलग्न अधिकांश अभियुक्तमा डिप्रेसनको समस्या मुख्य कारण देखिएको नेपाल प्रहरीले जनाएको हो । नेपालमा एक व्यक्तिबाट छ जनासम्मको हत्या भएको छ ।
    नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७५/०७६ देखि २०७८/०७९ सम्म करिब चार वर्षको अवधिमा सामूूहिक हत्याका २५ वटा घटना दर्ता भएका छन् । ती घटनामा ११ बालक, पाँच बालिका, २५ महिला र २७ पुरुष गरी ६८ जनाले ज्यान गुमाएका छन् ।
    प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार डिप्रेसनपछि सामाजिक विभेद र पारिवारिक दुव्र्यवहार अर्को कारण हुन् । आर्थिक विचलन, अवैध यौन सम्बन्ध र लागूऔषधका कारण पनि समाजमा यस्ता घटना हुने गरेका छन् ।
    “सुन्दा पनि जोकोहीको आङ सिरिङ हुन्छ, डरले शरीर लगलग काप्छ”, उहाँले भन्नुभयो, “कतिपय अभियुक्त घटना गराइसके पनि पक्राउ नपरुन्जेल निर्धक्क भएर हत्या घटनास्थल वरिपरि नै घुमिरहेका हुन्छन् ।”
    डिप्रेसन पीडितबाट आफन्त तथा परिचित व्यक्तिको सामूहिक हत्या घटना नेपाली समाजमा चुनौतीपूर्ण समस्याका रूपमा देखिएको छ । यसको ज्वलन्त उदाहरण सङ्खुवासभा मादी नगरपालिका–१, उम्लिङ खोलागाउँमा एकै परिवारका छ सदस्यको हत्या घटना पनि हो ।
    हजुरआमा नाता पर्ने ८४ वर्षीया पार्वती कार्की, ठूलोबुवा ५२ वर्षीय तेजबहादुर कार्की, ठूलीआमा ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दिपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको छ ।
    सो हत्या घटनामा संलग्न अभियुक्त २६ वर्षीय लोकबहादुर कार्कीले ठूलाबा तेजबहादुरले ‘तल्लो स्तरको शब्द प्रयोग गरी गालीगलौच गर्ने भएकाले व्यक्तिगत रिसइबीका’ कारण हत्या गरेको प्रहरीसँगको बयानमा स्वीकारेका हुन् ।
    हत्या घटनाको मुख्य कारण ‘व्यक्तिगत रिसइबी’ देखाए पनि अभियुक्त कार्की डिप्रेसन पीडित भएको भनाइ प्रहरीको छ । उनी डिप्रेसनको औषधिसमेत सेवन गर्दै आएका थिए । करिब डेढ वर्षअघि पाँचथरको मिल्काजुङ आरुबोटेमा पनि यस्तै घटना भएको थियो ।
    उक्त घटनाका मुख्य दोषी मानवबहादुर माखिम पनि डिप्रेसनका बिरामी भएको प्रहरीको अनुसन्धानले देखाएको हो । पाटन अस्पतालका मनोचिकित्सक डा. अनन्त अधिकारी डिप्रेसन नियमित रूपमा औषधि सेवन गर्दा निको हुने रोग हो तर खाने र छोड्ने गर्दा सुधार नआउने बताउनुहुन्छ ।
    प्रहरी प्रधान कार्यालयको एक तथ्याङ्कले पाँच वर्षको अवधिमा प्रदेश १ मा तीन, प्रदेश २ मा तीन, बागमतीमा चार, लुम्बिनीमा दुई, कर्णालीमा पाँच र सुदूरपश्चिम छवटा सामूहिक हत्या घटना भएको देखाएको छ ।
    ती घटनामा पारिवारिक विवाद, यौन तृष्णा, डिप्रेसन, मानसिक समस्या, अनैतिक सम्बन्ध, रिस, सम्पत्ति, जग्गा विवाद, लेनदेन रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । मनोचिकित्सक अधिकारीका अनुसार परिस्थितिले मानिस तनावमा आउँछ, तनावपछि उत्पन्न आवेग नियन्त्रण गर्न नसक्दा हत्या वा आत्महत्या घटना हुन्छ ।
    समाजशास्त्री विदुर तिमल्सिना मानिसमा स्वयं व्यक्तिगत तथा सामाजिक रूपमै क्रोधको मात्रा वृद्धि भइरहेको बताउनुहुन्छ । आफूभित्र पालेको क्रोध तथा असन्तुष्टि एकै पटक बाहिर ल्याउन खोज्दा यस्ता घटना हुने गरेको भनाइ उहाँको छ ।

    Advertisement

    बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.